चापाकोट नगरपालिका द्धारा खाद्यान्न वितरण ।

प्रकाशित मिति:

सविन डोटेल । चापाकोट नगरपालिकाले आज बृद्धाश्रमका बृद्ध बृद्धा,अति बिपन्न तथा संस्कृत गुरुकुलका बिद्यार्थीहरुलाई खाद्यान्न बितरण गरेको छ । कोरोना भाईरस कोभिड १९ को रोकथामका लागि नेपालमा लकडाउन चलिरहेको अवस्थामा अति बिपन्न परिवारलाईमा समस्या खाधान्न को नहोस भनेर खाद्यान्न बितरण गरिएको नगरप्रमुख शिव कुमार गिरीले जानकारी दिनुभयो । नगरप्रमुख गिरीले यो बिपत्तिको समयमा जनताको साथमा नगरपालिका रहेको पनि जानकारी गराउदै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङ ,स्वास्थ्यकर्मी सहितको टोलि लिएर गाउँ गाउँ पुग्नु भएका नगरप्रमुख गिरीले कोरोनाको रोकथामका लागि नगरपालिकाले उच्च सतर्कताका साथ अभियान नै चलाएको बताउनु हुदै चा न पा ८ मणिमुकुन्देश्वर संस्कृत गुरुकुल बिद्यालयका विद्यार्थीहरु,खोरियाघाटमा बृद्धाआश्रमका वृद्ध बृदा र दामाचौरका ३ घर परिवार अति विपन्न दलित समुदायलाई खाद्यान्न बितरण गर्दै चापाकोट नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख बिन्दु कोईराला सहितको स्वास्थ्यकर्मीको टोलिले बृद्ध बृद्धा तथा बिद्यार्थीको स्वास्थ्य परिक्षण समेत गरिएको चापाकोट नगरपालिका प्रेस सल्लाहकार बिश्व प्रकाश भट्टराईले जानकारी दिनु भयो ।