कोरोना भाईरसका कारण स्पेनकी राजकुमारीको मृत्यु

प्रकाशित मिति:

१५ चैत, काठमाडौं । कोरोना भाइरस ९कोभिड(१९० बाट स्पेनमा एक राजकीय सदस्यको ज्यान गएको छ । स्पेनकी राजकुमारी ८६ वषर्ीया मारिया टेरेसाको शुक्रबार कोरोना भाइरसको कारण ज्यान गएको हो । टेरेसा स्पेनको बोउरबोन- पर्मा राजकीय परिवारकी सदस्य हुन् । युवराज सिक्टस हेनरीले शनिबार राजकुमारी टेरेसाको मृत्यु भएको पुष्टि गरेका हुन् ।युवराज्ञीका कुनै सन्तान छैनन् । उनी भतिजाभतिजीको आश्रयमा रहँदै आएकी थिइन् । यसअघि बेलायती राजकुमार चाल्र्समा पनि कोरोना भाइरसको संक्रमण देखिएको थियो । स्पेनमा कोरोना भाइरसको कारण अहिलेसम्म मृत्यु हुने मानिसको संख्या ५ हजार ८१२ पुगिसकेको छ ।स्पेनमा समग्र संक्रमितको संख्या ७२ हजार नाघेको छ । एजेन्सीको सहयोगमा स्रोत अनलाईनखवर