अमेरिकामा एकै दिन १९ हजार बढी नयाँ संक्रमित

प्रकाशित मिति:

एजेन्सी /विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट अमेरिका निकै चपेटामा छ । पछिल्लो समय संक्रमणको सबैभन्दा केश अमेरिकामा नै देखिएको छ ।अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ हजार २ सय ११ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ सय १५ जनाको मृत्यु भएको छ ।हालसम्म अमेरिकामा १ लाख २३ हजार ३ सय ११ जना संक्रमित भएका छन् । जसमध्ये एकै दिनमा १९ हजार १ सय ८५ जना नयाँ संक्रमित देखिएका हुन् ।

अमेरिकामा ३ हजार २ सय ३१ जना उपचारपछि निको भएका छन् भने १ लाख १७ हजार ८ सय ६९ जना उपचाररत छन् ।चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमण यूरोपियन मुलुकक हुँदै अमेरिकामा गम्भीर अवस्थामा देखिएको छ ।विश्वभरीमा ६ लाख ६२ हजार ५ सय ६१ जना संक्रमित भएका छन् । जसमध्ये पछिल्लो २४ घण्टामा ६६ हजार १ सय ५७ जना संक्रमित देखिएका हुन् । विश्वभर ३० हजार ८ सय ३९ ले ज्यान गुमाएका छन् ।विश्वव्यापी रुपमा हेर्ने हो भने एकै दिन ३ हजार ४ सय ९५ जनाको मृत्यु भएको छ । १ लाख ४१ हजार ४ सय ६८ जना उपचारपछिन निको भएका छन् भने ४ लाख ९० हजार २ सय ३४ जनाको उपचार भइरहेको जनाइएको छ । २५ हजार ५ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।-खबरहब बाट साभार 

थप समाचार