इटालीमा मृतकको संख्या १० हजार नाघ्यो, ‘लकडाउन’ तत्काल नखुल्ने

प्रकाशित मिति:

काठमाडौं/ कोरोना भाइरसको संक्रमणबाट इटालीमा मृत्यु हुनेको संख्या १० हजार नाघेको छ ।शनिबार साँझ थप ८ सय ८९ जनाको मृत्यु भएपछि कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार २३ पुगेको हो ।५ हजार ९ सय ७४ जना मानिसहरु संक्रमण देखिएपछि त्यहाँ संक्रमित हुनेको संख्या ९२ हजार ४ सय ७२ पुगेको छ ।

लकडाउन‘ तत्काल नखुल्ने-अनेकौं प्रयासका बाबजुद कोरोना भाइरसको संक्रमण नरोकिएपछि फेब्रुअरी २१ देखि जारी ‘लकडाउन’ लम्बिने भएको छ ।इटाली सरकारले यसअघि अप्रिल ३ सम्मका लागि घोषणा गरिएको ‘लकडाउन’ लम्बिने त्यहाँकी गृहमन्त्रीले बताएकी छन् ।इटालीका गृहमन्त्री लुचियाना लामोरगेजेले पछिल्लो संक्रमितको संख्या हेर्दा अप्रिल ३ मै ‘लकडाउन’ लकडाउन खोल्न सक्ने अवस्था नरहेको बताएकी छन् ।इटालीमा लकडाउन जारी रहेपछि स्कूल तथा बिश्वबिद्यालयहरुले अनलाइनमार्फत पठनपाठन गरिरहेका छन् ।खबरहब बाट साभार