चैते दशैंमा बाग्लुङ कालिका मन्दिरमा सामूहिक पूजा नहुने

प्रकाशित मिति:

बागलुङ/गलकोट नगरपालिका ७ मल्म सप्ताहघाटमा रहेको खडग कालिका कोत मन्दिरमा यस वर्ष चैते दशैंमा सामुहिक पूजा अर्चना नहुने भएको छ ।विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरस ९कोभिड १९०को संक्रमणलाई मध्यनजर गर्दै पूजा स्थगित गरिएको खडग कालिका भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर थापाले जानकारी दिए ।

मन्दिरमा परापुर्वकाल देखि नै नियमित रुपमा बडा दशैं र चैते दशैंमा महाकाली, महालक्ष्मी, महासरस्वती, जगदम्बा भगवतीको पाठ पारायण सहित पशु बलि दिँदै आइएको थियो ।तर यस वर्ष कोरोना भाईरसको संक्रमण फैलिन नदिन नेपाल सरकारले भिडभाड नगर्न निर्देशन गरे बमोजिम सामुहिक पूजा अर्चना र पशु बलि दिने काम स्थगित गरिएको खडग कालिका मन्दिर व्यवस्थापन समितिका सचिव तथा पण्डित रामचन्द्र गौतमले जानकारी दिए ।