शाइन रेसुंगाका १२ वटा शाखामा बैंकिङ कारोबार खुला

प्रकाशित मिति:

बुटवल/ शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.ले आइतबार (आज) प्रदेश ५ का ७ जिल्लामा रहेका १२ वटा शाखा दिउसो १ बजेसम्म खुला हुने जनाएको छ । लकडाउनको अवधिमा पनि आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले विभिन्न जिल्लामा रहेका शाखाहरु आवश्यकता अनुसार दिउसो एकबजेसम्म सञ्चालन गर्दै आएको छ । जस अनुसार आज मुख्य शाखा कार्यालय रुपन्देहीको बुटवलस्थित ट्राफिकचोक,भैरहवा शाखा र तिलोत्तमाको शंकरनगर शाखा,सैनामैनाको मुर्गिया शाखा,पाल्पाको तानसेन शाखा,गुल्मीको तम्घास र शान्तिपुर शाखा,नवलपरासी (पश्चिम)को परासी शाखा, अर्घाखांचीको चुत्राबेशी शाखा,प्युठानको भिंगृ शाखा, बांकेको कोहलपुर शाखा र अगैया शाखा सञ्चालनमा रहने बैंकका वरिष्ठ प्रबन्धक लालमणि पन्थीले जानकारी दिए ।

लकडाउनका अवधिमा पनि आफ्ना ग्राहकहरु बैंकिङ सेवाबाट बञ्चित हुन नपरोस् भनेर हरेक दिन फरक फरक शाखा दिउसो १ बजेसम्म खुला राखेर सेवा प्रवाह गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी दिए । शाइन रेसुंगाका प्रदेश ५, प्रदेश ३ र प्रदेश ४ मा गरी ७० वटा शाखा कार्यालय र चार लाख भन्दा बढी ग्राहक रहेपनि कोभिड १९ को संक्रमणको जोखिमलाई मध्यनजर लकडाउन अवधिसम्म गरी सबै शाखाहरु सञ्चालन नगरी सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको स्वीकृतिमा आवश्यकता अनुसार पालैपालो विभिन्न जिल्ला र स्थानका शाखाहरु सञ्चालन गरिएको बैंकले जनाएको छ । सरकारले बैंकबाट प्रदान गरिने सेवालाई अत्यावश्यक सेवा अन्तर्गत राखेर लकडाउनको अवधिमा पनि सेवा प्रवाह गर्न अनुमति दिएको छ ।