चैते दशैमा देविकोटमा रहेको भद्राक्षि मन्दिरमा आजापुजामा रोक

प्रकाशित मिति:

तिर्थराज ज्ञवाली चैत्र १६, देविकोट(देउखरी दाङ) बढ्दो कोरना भाईरसको संंक्रमणलाई रोक्नका लागि दाङ जिल्ला राप्ती गाउँपालिकाको धार्मिक स्थल देविकोट मन्दिरमा चैते दशैमा आजा पुजा रोक लगाईएको छ ।

हिन्दु धर्मालम्बीहरुको महान पर्व चैते दशैको अवसरमा राप्ती गाउँपालिकाको देविकोटमा रहेको भद्राक्षि मन्दिरमा आजापुजा गरिदै आईएकोमा यस पटकलाई रोक लगाईएको वडा नं ९ का वडा अध्यक्ष रिम बहादुर सुनारी मगरले जानकारी दिनुभएको छ ।श्री स्वस्थानि वर्तकथामा सतिदेविको बाँया गोडा पतन भएको स्थल देविकोटको भद्राक्षि मन्दिरमा बडा दशै तथा चैते दशैको अवसरमा भब्य आजा पुजा तथा बलिदिने समेत गरिदै आईएकोमा यस वर्षको चैते दशैको समयमा सबैखाले पुजा आजा तथा बलिदिने कार्यमा रोक लगाईएकोले भक्तजनहरुले आआफ्नै घरमै रहेर भद्राक्षि माताको सम्झनामा आजा पुजा गर्न देविकोट धार्मिक तथा पर्यटन विकास समितिका संयोजक दुर्योधन पाण्डेले सबैमा अनुरोध गुर्न भएको छ ।

राप्ती गाउँपालिकाको प्रमुख धार्मीक स्थलको रुपमा रहेको देविकोटको भद्राक्षि मन्दिरमा सयौ संख्यामा दैनिक रुपमा र विशेष चाडपाडमा हजारौ भक्तजनको घुईचो रहने भएकोले दैनिक रुपमा गरिने आजापुजा तथा गहि चैत्र १९ गते रहेको चैते दशैमा गरिने सम्पुर्ण धार्मीक कार्य स्थगीत गर्दै तिर्थालु बर्तालुलाई समेत मन्दिर आउन जानमा रोक लगाईएको देविकोट धार्मिक तथा पर्यटन विकास समितिका उपसंयोजक चन्द्र जिसीले जानकारी दिनु भएको छ ।
राप्ती गाउँपालिकाको ९ नं वडाको भद्राक्षि मन्दिरको धार्मीक महत्व मनोकामना पुरा गर्नेमाताको रुपमा रहेकोले गाउँपालिका क्षेत्रबाट मात्र नभै विभिन्न अन्य पालिका तथा जिल्ला र छिमेकी देश भारतवाट समेत भक्तजन भद्राक्षि माताको दर्शन गर्न आउनेहुदा पछिल्लो विश्व प्रभावित कोरनाको संक्रमण वाट बच्न र बचाउन यस पटक केहि दिनका लागि मन्दिरको सबै नियमित कार्य बन्द गरिएको देविकोट धार्मिक तथा पर्यटन विकास समितिका सदस्य एवं वडा नं ४ का वडा अध्यक्ष विष्णु बहादुर घर्ति क्षेत्रिले बताउनु भएको छ ।

गत मंसीरको १३ गते दाङ जिल्ला समन्वय समिति र राप्ती गाउँपालिकाले आन्तरिक तथा वाहिरी पर्यटकलाई दाङका विभिन्न पर्यटकीय स्थल भ्रमणको लागि यसै भद्राक्षि मन्दिर परिसर बाटै दाङ जिल्लामा नेपाल भ्रमण वर्ष २०२० लाई स्वागत गरेका थिए ।