कोरोनाको आंशकामा बुटवलको क्यारेन्टाईन राखिएका एक व्यक्तिको  मृत्यु

प्रकाशित मिति:

बुटवल । कोरोना भाईरसको आंशकामा रुपन्देहीको बुटवलमा क्वारेन्टाईन बसेका एक जनाको मृत्यु भएको छ । कोरोना भाईरसको लक्षण देखापरेपछि गत १३ गते बुटवल धागो कारखानामा रहेको कोरोना बिशेष अस्पतालमा क्वारेन्टाईन बसेका ३४ बर्षीय व्यक्तिको मृत्यु भएको हो । मृत्यु हुनेमा रुपन्देहीको सैनामैना ४ मुर्गियाका व्यक्ति रहेको बुझिएको छ । चैत्र ८ गते दुबईबाट नेपाल आएका उनलाई कोरोना संक्रमणको लक्षण देखा परेपछि १३ गते क्वारेन्टाईन ल्याईएको थियो । उहांको आज मृत्यु भएको कोरोना विषेश अस्पतालका फोकल पर्शन डा सुदर्शन थापाले जानकारी दीनु भएको छ । उनको स्वाव परिक्षणका लागि आज काठमाण्डौ पठाईएको थियो ।