तिलोत्तमाको प्रकोप व्यवस्थापनकोषमाहोराइजनजिविएसद्धारा १ लाख १हजार सहयोग

प्रकाशित मिति:

तिलोत्तमा । तिलोत्तमानगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापनकोषमाहोराईजन गौतम बुद्धमाबिले १ लाख १हजार आर्थिक सहयोग गरेको छ ।राष्ट्रीयविपदका बेलाआफ्नो सामाजिकउत्तरदायित्व सम्झेर आर्थिक सहयोग गरेको विद्यालयव्यावस्थापन समितिकाअध्यक्षज्ञानेन्द्र कशजुले बताउनुुभयो । उहाँले कोषमाजम्माभएको रकमपारदर्शी रुपमा समयमै लक्षित बर्ग सम्म र्पुयाउनपनिआग्रहगर्नुभयो ।

त्यस्तै विद्यालयकाप्राचार्य गोपाल प्रसादआचार्यले यस्तो संकटका बेलाआ(आफ्नो ठाउबाटआफुसक्दो सहयोग गरेर प्रकोप ब्यावस्थापनमा स्थानिय सरकारसंग हातेमालो गर्न सबैलाईआग्रहगर्नुभयो ।नगरपालिकाको आह्वानसँगै सो कोषमाबिभिन्नव्यक्ति, संघ—संस्था, विद्यालय, सहकारीले सहयोग गरेकाछन् । कोषमाअहिले १ कारोड बढि रकमजम्माभईसकेको नगरपालिकाले जनाएको छ ।

कोषको रकमबाटकोरोनामहामारी पूर्वतयारीकाकार्यक्रम सञ्चालनगरिनुको साथै भविष्यमाआउन सक्ने अन्यप्रकृतिकाप्रकोपसँगजुध्न सहयोग मिल्ने नगर प्रमुखबासुदेव घिमिरेले बताउनुभयो । प्रकोप जुनसुकै बेलापनिआउन सक्ने भएकाले त्यसको पूर्वतयारीकालागिकोषलाई बजमुदबनाउने गरी सहयोग गर्न इच्छुकलाई आग्रहगरिएको उहाँले प्रष्टानुभयो ।कोरोना संक्रमणको जोखिमपूर्वतयारीमाजुटेको तिलोत्तमाले वडा नं. १ स्थितशंकरनगर दुर्गादत्तमाविमाक्वारेन्टाइन सञ्चालन गरेको छ । जहाँअहिले २७जना बसेकाछन् ।यस्तै तिलोत्तमाले लकडाउनबाट दैनिकमजदुरी गरेर छाकटार्न समस्याभएकाप्रतिपरिवारलाई पहिलो चरणमा १० किलो चामल, २ किलो दाल र १ किलो नुनवितरणगरिरहेको छ ।