गुर्जोको रस पिउँदा कोरोना संक्रमण ठीक हुने रामदेववावाको दावि

प्रकाशित मिति:

भारतीय योग गुरु बाबा रामदेवले कोरोना भाइरस कोभिड  १९०सँग नडराउन आग्रह गर्दै गुर्जोको रस पिउँदा फाइदा हुने बताएका छन् । उनले झारखण्ड राज्यको एक कार्यक्रममा गुर्जोको रस पिउँदा कोरोना भाइरले संक्रमण नगर्ने बताएका हुन् ।

रामदेवले गुर्जोका साथै अन्य ४ घरेलु जडीबुटीको मिक्स रस पिउँदा प्रतिरोधात्मक क्षमता बढ्ने हुँदा कोरोना भाइरसको संक्रमणबाट बच्ने सल्लाह दिएका हुन् ।

पूरै विश्व कोरोना भाइरसको महामारी झेली रहेको बेला तर रामदेवले घरेलु उपचार पद्धतिले कोरोना भाइरसको संक्रमण नहुने दाबी गरेका छन् । उनले झारखण्ड पुगेर कार्यक्रममा मन्तव्य राख्ने क्रममा भने ‘नियमित योग र आयुर्वेद चिकित्सा पद्धतिको माध्यमले हामी कोरोना भाइरससँग लड्न सक्छौँ । योग र पाँच औषधियुक्त सामग्री प्रयोग गर्दा सधैँका लागि कोरोना भाग्छ ।’

रामदेवले भस्त्रीका, कपालभाती र अनुमोल विलोम, प्राणायम र हल्दी, मरिज, गुर्जो, अदुवा र तुलसीको रस बनाएर नियमित खाए कोरोना भाइरसको संक्रमणले नछुने बताए । उनले यसलाई बिहान बेलुका खान पनि भनेका छन् ।

कोरोना लागेका मानिसले पनि यी औषधिको रस खाएमा आराम मिल्ने उनको दाबी छ । उनले कसैलाई पनि आतंकित नहुन सल्लाह दिएका छन् । साथै रामदेवले अन्य दुर्व्यसनबाट पनि मुक्त रहन सबैलाई आह्वान गरे ।

नेपालमा अहिले कोरानाका बिमारी देखिन थालेका छन् । यसबाट बच्न गुर्जोका प्रयोग गर्नुपर्ने बाबा रामदेवलगायतका व्यक्तिहरुले बताउँदै आएका छन् ।

के हो गुर्जो

यो नेपाललगायतका देशमा पाइने जडीबुटी हो । वनस्पतिविज्ञ तथा आयुर्वेदिक चिकित्सकहरूले यसमा रोगसँग लड्न प्रतिरोध क्षमता बढाउन धेरै मद्दत गर्ने बताएका छन् । रोगसँग लड्न प्रतिरोध क्षमता बढाउने भएकाले गुर्जोको सेवन गर्ने सल्लाह आयुर्वेदिक चिकित्सक दिँदै आएका छन् ।

यो गाउँघरमा गुर्जोको नामले चिनिन्छ । यो एक प्रकारको लहरा हो । नेपालमा यसलाई पहिला ज्वरो, रुघाखोकी, चिसो र बाथ रोगको उपचारमा प्रयोग हुँदै आएको छ । विभिन्न खाले एलर्जी, छालाको रोग र पेटका रोगको उपचारका लागि पनि यसको प्रयोग हुँदै आएको छ । यसको प्रयोग मधुमेहको उपचारका लागि पनि प्रयोग गर्ने गरेको आयुर्वेदिक चिकित्सक बताउछन् ।

अहिले आयुर्वेदका चिकित्सक यसले प्रतिरोध क्षमता बढाउने बताइरहँदा नेपालको ग्रामीण क्षेत्रमा प्रयोग पनि बढेको छ । यो लहरेदार पतझर विरुवा हो । यसको लहरा मोटो र गुदीदार हुन्छ । यसका आँख्लाहरूबाट जरा निस्केका हुन्छन् । यसको बोक्रा कागज जस्तो पातलो हुन्छ । बोक्रामा सेता गन्थीका थोप्ला हुन्छन् ।

यसका फलहरू आँख्लाबाट लामो लहरेदार भागमा फल्दछन् । भाले भूलहरु झुप्पामा झुप्पा हुछन् । पोथी फुलहरु एक्ला एक्लै हुन्छन् । फलहरु गुदीदार हुन्छ । आकारमा अण्डाकार हुन्छ र केराउका दाना जत्रा हुन्छन् । फल पाकेपछि राता हुन्छन् ।

वैज्ञानिक नाम

गुर्जोको वैज्ञानिक नाम टिनोस्पोरा कर्डिफोलिया हो । यसमा फूल पनि फल्दैन र पल पनि लाग्दैन । योलाई वैज्ञानिकहरूले श्रेणीविहीन रानुन्कुलालस गणमा राखेका छन् । मेनिस्परमासिया परिवार रटिनोस्पोरा वंशमा पर्ने गुर्जो कार्डिफोलिया प्रजातिको जडीबुटी हो ।

यी देशमा पाइन्छ भौगोलिक हिसाबले उष्ण तटीय क्षेत्रमा पाइन्छ । एशियाका नेपाल, भारत, चीन, श्रीलंका, म्यानमार, थाइल्याण्ड, मलेसियालगायतका मुलुकमा पाइन गरेको छ ।

हाम्रो देशमा मध्य पहाडी क्षेत्रदेखि तराइका घना जंगलमा पाइन्छ । यो कुनै बोट नभएर लहरा हो । जुन ठूला पात भएको लहरा रुखका हाँगामा बेरिएको हुन्छ । यसको लहरामा औषधिय गुण हुन्छन । जसमा टिनोस्पोरिन, टिनोस्पाराएड, कर्डिफोलाइडसलगायतका रासायनिक तत्व पाइन्छन् ।

यो जस्तोसुकै माटोमा पनि हुर्कन्छ । गर्मी ठाउँमा राम्ररी हुर्कन्छ । यसका लहरा फागुनरचैततिर काटेर रोप्न सकिन्छन् । पानी दिइरहँदा विस्तारै पलाउछन् ।

दुई वर्षपछि प्रयोग गर्न योग्य

यो लहरा दुई वर्षपछि मात्र प्रयोग गर्न मिल्छ । लहरालाई ५–७ सेमी लामा हुनेगरी काट्नु पर्छ । साना साना टुक्रालाई फेरि चार फ्याक गरेर काटेर सुकाइन्छ । यसलाई मुग्रोले थिचेर पनि राखिन्छ । एक हप्ता जति घाममा राम्ररी सुकाएपछि प्रयोग गर्न मिल्छ । यसको भण्डारण गरेरपछि पनि प्रयोग गर्न मिल्छ ।

शीलापत्रवाट साभार