‘येशुलाई विश्वास गर्नेलाई कोरोना लाग्दैन’ भन्ने एक जना पक्राउ

१६ चैत्र २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
203 Shares


१६ चैत, चितवन । चितवनको माडी नगरपालिकामा कोरोना भाइरसबारे भ्रम सिर्जना गरेर धर्म प्रचार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

‘येशुलाई विश्वास गर्नुस्, क्रिश्चियन धर्म मान्नुस् कोरोना लाग्दैन’ भन्दै भ्रम सिर्जना गरेको आरोपमा प्रहरीले माडी नगरपालिका ७ जगन्नाथपुरी बस्ने ३८ बर्षकी जानकी ढुङगानालाई पक्राउ गरेको हो । उनले इसाइ धर्म मान्नेलाई कोरोनाले छुँदैन भन्दै अपवाह फैलाएको भनी स्थानीयले उजुरी गरेपछि पक्राउ गरिएको चितवनका प्रहरी प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।  उनलाई आइतबार मुलुकी अपराध संहिता, २०७४ को दफा ११८ अन्तर्गत अभद्र व्यवहार मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • लकडाउनका बीच लायन्स बुटवल मुक्तिनाथको रक्तदान कार्यक्रम सम्पन्न
  • शहरी यातायात व्यवस्थापन : चुनौती तथा समाधानका उपायहरु
  • भीरकोटबासीहरुको लागि राहत विभिन्न संघसस्थाहरुले राहत रकम दिने क्रम जारी
  • थप २८८ जनामा कोरोना संक्रमण देखीएपछी संक्रमितको संख्या २०९९ पुग्यो
  • समाचार प्रभाव : सागर र शालिकरामको पहलमा मुम्बईबाट ८१ नेपालीको…
  • सियारीमा रहेको रामजानकी मन्दिर स्थानियको सक्रियतामा संरक्षण गरिदै
  • जेठ २५ भित्र कर बुझाउन करदातालाई सरकारको निर्देशन नबुझाए जरिवाना…
  • जनता र जनप्रतिनिधि नचिन्ने अर्थमन्त्रीले जनभावना बुझ्न नसक्ने नेता कण्डेलको…
  • महामारीको दोस्रो छाल पहिलो भन्दा पनि घातक हुन सक्छ-डब्ल्युएचओ
  • कोरोनालार्ई परास्त गरि नवलपरासीका पहिलो कोरोना संक्रमित सहित ३ जना…