छोराको जन्म दिनमा वालिङ रामबाच्छाका युवा व्यवसायी ठकुरीले गरे अत्यावश्यक सामाग्री वितरण

प्रकाशित मिति:

वालिङ – स्याङ्जाको वालिङ नगरपालिका १ रामबाच्छाका युवा ब्यावसायी किरण ठकुरीले अाफ्ना छोराको जन्म दिनको अवसरमा वालिङ नगरपालिका भित्ररहेका १७ वटा स्वास्थ्य चौकी,वडा प्रहरी कार्यालय वालिङ, शस्त्र प्रहरी र फेदीखोला गाउँपालिका १ मा रहेको अमोर सेवा बालगृहको लागि एक लाख रुपैया बराबरको स्यानिटाइजर, माक्स र पञ्जा सहयोग गरेका छन् । वालिङमा विधान स्पोर्टस हाउस सञ्चालन गर्दै आएका ब्यवसायी ठकुरीले आफ्नो छोरा विधान ठकुरीको जन्मदिनको अवसर पारेर सो सहयोग गरेका हुन । विश्वरभर महामारीका रुपमा फैलीएको कोरोना भाइरस संक्रमणबाट सबै क्षेत्र अस्तव्यस्त र त्रसित भइरहेका बेला छोराको जन्मदिनमा अनावश्यक फजुल खर्च गर्नु भन्दा जनताको उपचारमा खटिने स्वास्थ्य कर्मी र सुरक्षमा खटिने प्रहरीको लागि सहयोग गर्न उपयुक्त लागेर जन्मदिन मनाउने खर्चले सो सामाग्री सहयोग गरेको ठकुरीले बताए । ठकुरी वालिङका सफल युवा व्यवसायी हुन ।