“युवाद्धय मेघराज र बिक्रम : जो जोखीमका बिच कृषीमा भबिष्य खोज्दै छन ”

१६ चैत्र २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
629 Shares


बुटवल ।  रुपन्देहीका मेघराज पन्त र बिक्रम कुवर उमेरका हिसाबले २, ४ बर्षले मात्र फरकका छन तर उनीहरुको ब्यबसायीक सोचमा भने खासै भिन्नता छैन । गुल्मिबाट कपिलबस्तु हुदै रुपन्देही आएका मेघराज र नवलपरासीबाट रुपन्देही आएका बिक्रम कुवर बिगत ३ बर्षदेखी कृषीमा भबिष्य खोज्दै दौडीरहेका छन । हाल रुपन्देहीको सैनामैना बर्माडाडामा ५ बिगाहामा २०० गाइभैसी पालेर शुभ समृद्धि एग्रो प्राली सन्चालन गरिरहेका छन । दिनमा ४०० भन्दा बढी दुध उत्पादन हुदै आएको फर्मलाइ हिजोआज अन्य क्षेत्रजस्तै चिनबाट बिश्वभर फैलीएको कोरोना सक्रमणको जोखीमका कारण समस्या आइपरेको छ । त्यसो त यी युवाहरुको ब्यबसाय भुभ समृद्धि एग्रो प्राली मात्र होइन ।


कृषीको अर्को क्षेत्र अण्डा उत्पादनमा पनी उत्तिकै जोशका साथ लागीरहेका छन । पाल्पाको तिनाउ गाउपालीका दोभानमा संगम ह्याचरी एण्ड ब्रिडिङ फर्म सन्चालन गरी दैनीक ८००० अण्डा उत्पादन पनी गरिरहेका छन । उक्त ह्याचरीमा लामोसमयदेखी यसै क्षेत्रमा अनुभब बटुलेका युवा ब्यबसायी गोपाल पाण्डेले पनी साथ दिइरहेका छन ।
बिभिन्न सामाजीक सघंसंस्थाको अनुभब बटुलेका दुइ ब्यबसायीको यात्रालाइ भने अरुलाइ जस्तै हाल कोरोनाको प्रकोपको जोखीमका कारण असर परिरहेको छ । दैनीक ४० हजार घाटा ब्यहोरीरहेका छौ , सन्चालक मध्येका एक मेघराज पन्तले भने – कृषी क्षेत्रमा बिभिन प्रकोप र अबस्थाले घाटा खाएपनी राज्यले सहि तरीकाले सम्बोधन गर्न सकेको छैन । हामी पनी कृषकका छोरा हौ , अझै ब्यबसायीक हिसाबले गरौ भन्ने हेतुले १२ करोडको लगानीमा गाइफर्म सन्चालन गरेका हौ । हामीजस्ता युवाहरुलाइ कृषी क्षेत्रमा आउदा सरकारले उचित हिसाबले सम्बोधन गर्नुपर्दछ । ’ वेष्र्टन मेघा कलेजका अध्यक्ष समेत रहेका मेघराजले छाता उधोगबाट आफ्नो ब्यबसायीक उडान भरेका हुन । उनका पार्टनर बिक्रम कुवर पनी घरजग्गाको कारोबार ,पानी फ्याक्ट्रि हुदै कषी क्षेत्रमा जोडीन आइपुगेका छन । ढाइ बर्ष अगाडी अण्डा उत्पादनतीर लागेका हौ , बिक्रम कुवर भन्छन – “यो सगसगै गाइफर्म तर्फ पनी ठुलो योजनाका साथ अगाडी बढ्ने प्रयास गरेका छौ तर बिषम परिस्थीतीका कारण बेलाबेलामा समस्या आइपरेको छ । यदपी हामीले अझै कृषी क्षेत्रको हाम्रो दायरालाइ अगाडी बढाउदै दिर्घकालीन योजनाका साथ अगाडी बढ्ने सोच बनाएका छौ । स्थानीय,प्रदेश र केन्द्र सरकारले ब्यबसायीक कृषीकर्ममा लागेका युवाहरुलाइ अहिलेको कामचलाउ हिसाबले होइन कि छुट्टै योजनाका साथ कार्यक्रम ल्याउनुपर्छ । ’ दुइवटा फर्ममा गरेर झण्डे ५० जनालाइ रोजगार दिइरहेका छौ , पन्त र कुवर अगाडी भन्छन – बजारमा अण्डा बिकेको छैन , डेरीवालाहरुले दुध उठाइदिएका छैनन । तर पिडाका बिचमा पनी यहि देशमा कृषी क्षेत्रमा अगाडी बढाउने हिम्मत भने हार्ने छैनौ । ” हसीला र मिजासीला यी दुइ युवाको अबको लक्ष्य कहा पुग्ने हो त्यो त भबिष्यले नै देखाउला तर उनीहरुको जोश आट र भिजनलाइ हेर्दा सफल युवा ब्यबसायी हुने संकेतका घेराहरु पनी कोरीएको छ ।

प्रस्तुती :दिपक न्यौपाने

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • लकडाउनका बीच लायन्स बुटवल मुक्तिनाथको रक्तदान कार्यक्रम सम्पन्न
  • शहरी यातायात व्यवस्थापन : चुनौती तथा समाधानका उपायहरु
  • भीरकोटबासीहरुको लागि राहत विभिन्न संघसस्थाहरुले राहत रकम दिने क्रम जारी
  • थप २८८ जनामा कोरोना संक्रमण देखीएपछी संक्रमितको संख्या २०९९ पुग्यो
  • समाचार प्रभाव : सागर र शालिकरामको पहलमा मुम्बईबाट ८१ नेपालीको…
  • सियारीमा रहेको रामजानकी मन्दिर स्थानियको सक्रियतामा संरक्षण गरिदै
  • जेठ २५ भित्र कर बुझाउन करदातालाई सरकारको निर्देशन नबुझाए जरिवाना…
  • जनता र जनप्रतिनिधि नचिन्ने अर्थमन्त्रीले जनभावना बुझ्न नसक्ने नेता कण्डेलको…
  • महामारीको दोस्रो छाल पहिलो भन्दा पनि घातक हुन सक्छ-डब्ल्युएचओ
  • कोरोनालार्ई परास्त गरि नवलपरासीका पहिलो कोरोना संक्रमित सहित ३ जना…