देवकोटा बिधालयद्वारा दैविक कोषमा सहयोग प्रदान

१७ चैत्र २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
83 Shares


प्रकाश न्यौपाने । सुनवल । सुनवलमा रहेको महाकवि देवकोटा नमुना बिधालयले आज देविक कोषमा रु १ लाख ११ हजार रुपैया सहयोग रकम प्रदान गरिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (COVID-19) को सम्भावित संक्रमणको जोखिम रोकथाम एवं नियन्त्रणका लागि सुनवल नगरपालिकाको दैवी प्रकोप उद्दार विशेष कोषमा जम्मा हुने गरि महाकवि देवकोटा नमुना मध्यामिक विधालयका शिक्षक कर्मचारी तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीबाट सहयोग प्रदान गरिएको हो। सहयोग रकम बराबरको चेक सुनवल नगरपालिकाका नगर प्रमुख भीम बहादुर थापा क्षेत्रीलाई हस्तान्तरण गरिएको प्राधानाध्यापक खेमलाल शर्माले बताउनु भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरि अर्याल तथा प्रध्यानाध्यापक खेमलाल जोशी शर्माले मेगा बैकको चेक हस्तान्तरण गरि चेक प्रदान गरिएको छ । कोरोनाले निम्त्याएको महाविपत्तिको नियन्त्रण सबै नगरबासी एकजुट भएर सहयोग गर्नु पर्ने बिधालय ब्यस्थापन समितिका अध्यक्ष ज्ञानहरि अर्यालले बताउनु भयो । अर्याल भन्नु हुन्छ -” हामी सम्पुर्ण नगरवासीले सरकाले दिएको निर्देशन पालना गरि सरकालाई सहयोग गर्ने समय हो यो त्यसैले जे जति सकिन्छ सबैले सहयोग गरौं ।” यसै क्रममा सहयोग रकम बुझ्दै यस्तो संकटको बेलामा मानविय कार्यमा सहयोग गर्नु भएकोमा सुनवल नगरपालिका नगर प्रमुख भिम बहादुर थापाले बिधालयलाइ हार्दिक आभार प्रकट गर्नु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • गाउँपालिका अध्यक्षलाई प्रदेशिको चिट्ठी – ‘डरले मरिने भए म मरेका…
  • भक्तपुरमा सुत्केरीमा कोरोना भाइरसको संक्रमण पुष्टि
  • पडसरी गा बि स पुर्ब उपाध्यक्ष केसिको निधन प्रती सभापति…
  • श्रद्धेय पार्टी सभापति शेरबहादुर देउवाज्यु लाई खुल्ला पत्र ।
  • खाद्य पदार्थमा स्वच्छताः हामी सबैको प्रतिवद्धता
  • नेपालमा कोरोनाको संक्रमणबाट थप दुई जनाको मृत्यु
  • पश्चिम नवलपरासीमा कोरोना संक्रमितको संख्यामा बृद्धि
  • विदेशमा रहेका घर फर्किन चाहने सवै नेपालीलाई स्वदेश फिर्ता ल्याउन…
  • देशभरका मालपोत कार्यालय आइतबारदेखि खुल्ने
  • सरकारले जनताको दु : ख नदेखेको कांग्रेस नेता मिनेन्द्र रिजालको…