टोल बिकास समितीले सचेतना सहित मास्क र साबुन बितरण गर्‍यो ।

१७ चैत्र २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
24 Shares


२०७६ चैत १७ मुक्ती तिवारी बिस्वमा फैलीरहेको कोरोना संक्रमणको फैलावट रोकथाम र नियन्त्रणका लागि नेपाल सरकार र स्थानिय तहहरुले विभिन्न किसिमका नियन्त्रणमुखी कार्यहरू गर्दै आईरहेका छन।बर्दघाट नगरपालिकाले लक्षण देखिएका बिरामीहरुलाई क्वारेन्टाइनमा रहने ब्यवस्था मिलाएको छ,भने कुनै स्वास्थ्य समस्या वा जटिलता आईपरेमा नगरमा जानकारी गराउन अनुरोध गरेको छ।

विभिन्न संघ सस्था र जनस्तरबाट पनि सचेतना सम्बन्धी क्रियाकलापहरु भैरहेका छन।यसै बिच बर्दघाट नगरपालिका वडा नम्बर १४ गङ्गाबस्ती स्थित शान्ती टोल बिकास समितिले सोमबार आफ्ना टोल बासीहरुलाई सचेतना सहित साबुन र माक्स बितरण गरेको छ। टोल भित्रका करिब ८५ घर धुरिमा संक्रमणका बारेमा र यसबाट जोगिने उपायका बारेमा जानकारी गराउदै अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्किन समेत आग्रह गरिएको थियो। बाटोमा ५ बजे पछि मानिसहरुको चहलपहल देखिन थालेपछि टोल बिकास समितिले सामाजिक दुरि कायम गरि यस्तो अभियान चलाएको समितिका अध्यक्ष जगन्नाथ तिवारीले बताए।
समितिले टोल भित्र रहेका बिपन्न र दैनिक ज्यालादारी गरि खानेहरुका लागि आवश्यक परेको खन्डमा खाधान्न उपलब्ध गराउने गरि उनिहरु को लगत संकलन गरेको छ भने वैदेशिक रोजगारी बाट टोलमा कोहि आए नआएको समेत जानकारी लिएर जोखिम न्यूनीकरणका लागि स्थानीय निकाय सग आवश्यक समन्वय गरिने बताईएको छ। आफ्नो छर छिमेकका बारेमा टोल बासीहरुलाई सबैभन्दा बढी जानकारी हुने हुदा तल्लो तहबाट यसको रोकथाम को प्रयास गर्नु पर्ने हुदा प्रत्येक टोल बिकास समितीहरुले लगत संकलन र आ आफ्ना टोल समुदायमा अपरीचित ब्यक्ती आए नआएको बारेमा जानकारी लिनुपर्ने स्थानिय समाजसेवी माधव तिवारीले बताए। सरकारले लकडाउन गरेपनी साझ पख मदिरा पसल,गाउँ भित्र रहेका भट्टिहरुमा अझै पनि मानिसहरु जम्मा हुने गरेकाले केही ब्यक्तिहरु अझै जागरुक नभएको देखिएकाले टोल बिकास समिती र वडाले त्यसतर्फ पनि गम्भीर ध्यान दिनु जरुरी रहेको बताउछ्न स्थानिय अगुवाहरु । यता बर्दघाट नगरपालिका वडा नम्बर १४ का अध्यक्ष केसव बहादुर खत्रीले पनि वडा भित्र स्वास्थ्य समस्या देखिएमा,कुनै द्विबिधा आईपरेमा आफुलाई तत्काल जानकारी गराउन आग्रह गरेका छन भने बिपदको समयमा जुनसुकै अवस्थामा आफ्नो भुमिका रहने उनले प्रतिबद्धता ब्यक्त गरेका छन।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • लकडाउनका बीच लायन्स बुटवल मुक्तिनाथको रक्तदान कार्यक्रम सम्पन्न
  • शहरी यातायात व्यवस्थापन : चुनौती तथा समाधानका उपायहरु
  • भीरकोटबासीहरुको लागि राहत विभिन्न संघसस्थाहरुले राहत रकम दिने क्रम जारी
  • थप २८८ जनामा कोरोना संक्रमण देखीएपछी संक्रमितको संख्या २०९९ पुग्यो
  • समाचार प्रभाव : सागर र शालिकरामको पहलमा मुम्बईबाट ८१ नेपालीको…
  • सियारीमा रहेको रामजानकी मन्दिर स्थानियको सक्रियतामा संरक्षण गरिदै
  • जेठ २५ भित्र कर बुझाउन करदातालाई सरकारको निर्देशन नबुझाए जरिवाना…
  • जनता र जनप्रतिनिधि नचिन्ने अर्थमन्त्रीले जनभावना बुझ्न नसक्ने नेता कण्डेलको…
  • महामारीको दोस्रो छाल पहिलो भन्दा पनि घातक हुन सक्छ-डब्ल्युएचओ
  • कोरोनालार्ई परास्त गरि नवलपरासीका पहिलो कोरोना संक्रमित सहित ३ जना…