बुटवलको कोरोना विशेष अस्पतालमा मृत्यु भएका थापाको कोरोना रिपोर्ट नेगेटिभ आयो

१७ चैत्र २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
243 Shares


बुटवल, चैत १७ : रुपन्देहीको कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचारका क्रममा निधन भएका बाबुराम थापा क्षेत्रीमामा कोरोना संक्रमण नभएको पुष्टि  भएको छ।  सैनामैना– ४ सिसौडाडाका ३४ वर्षीेय थापाको आइतबार कोरोना विशेष अस्पतालको उपचारका क्रममा मृत्यु भएको थियो।  थापाको कोरोना संक्रमण परीक्षणको रिपोर्ट नेगेटिभ आएको अस्थायी अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा क्षेत्रीमा कोरोनाको संक्रमण नदेखिएको हो।  गत चैत ६ गते युएईबाट फर्किएका थापा ज्वरो आएपछि चैत १३ गते बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएका थिए। अस्पतालमा भर्ना भएका थापाको आइतबार दिउँसो एक बजे मृत्यु भएको थियो । थापाको शव कोरोना विशेष अस्थायी अस्पतालमै रहेको र सोमबारै परिवारको जिम्मा लगाइने अस्पतालले जनाएको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • लकडाउनका बीच लायन्स बुटवल मुक्तिनाथको रक्तदान कार्यक्रम सम्पन्न
  • शहरी यातायात व्यवस्थापन : चुनौती तथा समाधानका उपायहरु
  • भीरकोटबासीहरुको लागि राहत विभिन्न संघसस्थाहरुले राहत रकम दिने क्रम जारी
  • थप २८८ जनामा कोरोना संक्रमण देखीएपछी संक्रमितको संख्या २०९९ पुग्यो
  • समाचार प्रभाव : सागर र शालिकरामको पहलमा मुम्बईबाट ८१ नेपालीको…
  • सियारीमा रहेको रामजानकी मन्दिर स्थानियको सक्रियतामा संरक्षण गरिदै
  • जेठ २५ भित्र कर बुझाउन करदातालाई सरकारको निर्देशन नबुझाए जरिवाना…
  • जनता र जनप्रतिनिधि नचिन्ने अर्थमन्त्रीले जनभावना बुझ्न नसक्ने नेता कण्डेलको…
  • महामारीको दोस्रो छाल पहिलो भन्दा पनि घातक हुन सक्छ-डब्ल्युएचओ
  • कोरोनालार्ई परास्त गरि नवलपरासीका पहिलो कोरोना संक्रमित सहित ३ जना…