कांग्रेस नेता नारायण न्यौपाने द्धारा घर भाडा छुट दिने घोषण ।

प्रकाशित मिति:

बुटवल । संघीय सरकारले चैत्र महिनाको घर भाडा छुट गर्न घरबेटीहरुलाई आग्रह गर्ने निर्णय गरेसङ्गै उक्त छुटको घोषणा गर्नेक्रम शुरु भएको छ । सरकारका अर्थ म्रन्त्री एवं प्रवक्ता युवराज खतिवडाले सबै घरवेटीहरुलाई संकटमा साथ दिन भन्दै चैत्र महिनाको भाडा छुट गर्ने सरकारको निर्णइ सुनाउनु भएको थियो । उक्त निर्णयको चौतर्फि रुपमा समर्थन देखिएको छ । संकटका वेला आफुहरुले सक्ने सहयोगका लागि तयार रहेको भन्दै कतिपय घरधनीहरुले विभिन्न माध्यमवाट सरकारी निर्णय कार्यानयन गर्ने जनाएका छन् ।

यस्तै रुपन्देहीको तिलोत्तमा वडा न. ९ का वडाध्यक्ष तथा नेपाली कांग्रेसका युवा नेता नारायण न्यौपानेले बुटवलमा रहेको आफ्नो घरको एक महिनाको भाडा नलिने सामाजिक संजाल मार्फत घोषणा गरेका छन् । उनले पाल्पा रोडमारहेको ५ तले घरको चैत्र महिनाको भाडा नलिने घोषणा गरेका हुन् । पाल्पा रोडमा रहेको घरमा नेपाली कांग्रेसका युवा नेता तथा प्रदेश सभाका प्रत्यासी विष्णु पोखरेलले  द होटल शिखर ईन्टरनेशन सन्चालन गर्दै आउनु भएको छ ।

उनको यो घोषणाले उनको घरमा व्यापार व्यवसाय गरिरहेका व्यवसायीहरु लाई राहत मिलेको छ । कुनै व्यापार व्यवसाय नभएको वेला घरधनीको यो घोषणाले राहत मिलेको एक व्यवसायीले बताएका छन् । यस अघि पनि बुटवलको अमरपथका घर धनी मृगेन्द्र शेरचनले एक महिनाको घरभाडा नलिने घोषणा गरेका थिए । यता सरकारले निजि विद्यालयहरुलाई पनि एक महिनाको शुल्क नलिन आग्रह गरेका छ् । यस विषयमा प्यासनसले सकारात्मक संकेत गरेको छ तर उसले सरकारसंग केहि सर्तहरु राखेको जनाएको छ ।