चापाकोट नगरपालीका द्धारा राहत तथा मास्क वितरण

प्रकाशित मिति:

सविन डोटेल,  चापाकोट । कोरोना भाईरस कोभिड १९ को रोकथामका लागि नेपालमा लकडाउन चलिरहेको छ । सरकारले शुरु गरेको लकडाउन वाट प्रभावित अति विपन्न हरुलाई चापाकोट नगरपालिकाले खाधन्न बितरण गरेको छ। अति बिपन्न परिवारलाई खाधान्न को समस्या नहोस भन्ने उदेश्यले चापाकोट नगरपालिकाले आज चापकोट नगरपालिका वडा नम्बर ४ को खानी गाउँ र मल्यान्कोट ट मा खाद्यान्न बितरण गरेको चापाकोट नगरपालिकाका प्रमुख शिव कुमार गिरिले जानकारी दीनु भएको छ । चापाकोट नगरपालिकाका सम्पुर्ण वडामा अति बिपन्न परिवारको स्वास्थ अवस्था लाई समेत मध्य नजर गर्दै मास्क समेत नगरपालिकाले उपलब्ध गराएको उहाले जानकारि दिनु भएको छ ।