कोरोना प्रकोपः पोर्चुगलमा १४० ले ज्यान गुमाए

प्रकाशित मिति:

पुनम गौतम ,पोर्चुगल । चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिएको छ । यसले अहिले विश्व समुदायलाई नै त्रसित पारेको छ । यो समाचार तयार पार्दासम्म विश्वका ७ लाख ३९ हजार ३६७ जनामा कोरोनाको संक्रमण देखिएको छ भने ३५ हजार १६ जनाले ज्यान गुमाएका छन् ।

यस्तै कोरोनापछिको उपचारबाट विश्वभरीका एकलाख ५६ हजार ४०२ जना निको भइसकेको वल्र्डओमिटरर्सले जनाएको छ । तथ्यांकका आधारमा अमेरिका र यूरोपका देशहरुमा सबैभन्दा धेरै संक्रमित देखिएको छ । यूरोपियन मुलुक पोर्चुगलमा यो समाचार तयार पार्दासम्म १४० जनाले ज्यान गुमाइसकेका छन्् भने कुल ६ हजार ४०८ जनामा संक्रमण देखिएको तथ्यांकले देखाएको छ । पोर्चुगलमा हालसम्म ४३ जना सफल उपचारपछि घर फर्किएका छन् ।