विराट खेल्न विदेश जांदा अनुष्का पनि संगै जान पाउने

प्रकाशित मिति:

भारतीय क्रिकेट बोर्ड बीसीसीआईले कप्तान विराट कोहलीको माग पूरा गरेको छ । बोर्डले कोहलीले विदेश जाँदा श्रीमती लिएर जान पाउनु पर्ने माग पूरा गरेको हो ।

बीसीसीआईले नियममा संशोधन गर्दै माग पूरा गरेको हो । कोहलीले विदेशमा खेल्न जाँदा पत्नी वा गर्लफ्रेन्ड लैजान पाउने माग गरेका थिए ।

बीसीसीआईको प्रशासकको समिति सीओएको फैसला अनुसार अब भ्रमण सुरु भएको १० दिनपछि खेलाडीहरुसंग पत्नी वा गर्लफ्रेन्ड रहन सक्नेछन् ।

यसअघि सीओले परिवारसंग टाढा रहेका खण्डमा खेलाडीले खेलमा ध्यानकेन्द्रीत गर्न सक्ने तर्क गर्दै आएको थियो ।

अब भने सीओएले खेलाडीसंग पत्नी वा गर्लफ्रेन्ड हुँदैमा कुनै नोक्सानी निष्कर्ष निकालेको छ । सीओएले लामो समय बाहिर हुँदा पनि सकारात्मक माहोल बन्ने बताएको छ ।

अनुष्का शर्मासंग टाढिँदा आफूलाई न्यास्रो लाग्ने कोहलीले बताएपछि नियम सुधारिएको पनि भन्ने गरिन्छ । बलिउडमा अनुष्काको प्रभाव कायमै छ ।

अष्ट्रेलियाले यो निर्णय सन् २०१५ मै लिएको थियो ।