धुर्काेटमा लकडाउन उल्लंघन गर्नेलाई लाठी, निगरानी गर्न स्वयंसेवक खटाइयाे

प्रकाशित मिति:

झविन्द्र भण्डारी, गुल्मी चैत्र १७ ।
गुल्मीको धुर्काेट गाउँपालिका वडा नं. ५ वस्तुले लगडाउन उल्लंघन गर्नेलाई लाठी सहित कारबाही गर्न कार्यदल गठन गरेको छ । साेमबार वडा कार्यालयमा वसेकाे गाउँ सर्वदलीय बैठकले लगडाउन उल्लंघन गर्नेलाई लाठि सहितकाे कारबाही गर्न ५ सदस्यीय कार्यदल र टाेलटाेलमा निगरानी गर्न ८१ सदस्यीय स्वयंसेवक समेत गठन गरेको हाे ।
पछिल्लो समय काेराेना भाइरसकाे नियन्त्रण गर्न सरकारले गरेकाे लगडाउन गाउँघरमा केही व्यक्तिहरूले उल्लंघन गरेकाेले त्यसको राेकथाम तथा नियन्त्रण गर्नका लागि कार्यदल र स्वयंसेवक गठन गरिएको वडा नं. ५ वस्तुका वडा अध्यक्ष ढुण्डिराज भण्डारीले बताउनुभयो । बैठकले लाेकहरि भण्डारीकाे संयाेजकत्वमा ५ सदस्यीय माेवाइल टाेलिलाई लठ्ठी समेत हस्तान्तरण गरि जथाभावी हिड्नेलाई सुरूमा सम्झाउने यदि अटेरी गरेमा वल प्रयाेग गरेर सुरक्षा कर्मीलाई जिम्मा लगाउने अधिकार समेत दिइएको वडा अध्यक्ष भण्डारीले बताउनुभयो ।

सर्वदलीय बैठकले गाउँपालिका भन्दा बाहिरबाट अाउनेलाई निगरानी गर्न वडा भित्रका २८ टाेलमा ८१ सदस्यीय स्वयंसेवक समेत खटाएको छ । गाउँपालिका भन्दा बाहिरबाट अाउनेलाई निगरानी गरि हाेम क्वारेन्टाइनमा राखिने निणय गरेको छ । यसका साथै वडाले विपन्न परिवारकाे सहयोग गर्न देश तथा विदेशमा रहने वस्तुवासी तथा अन्य सबैलाई सहयोगका लागि अपिल गरेकाे छ । वडा नं. ५ मा पहिलो चरणमा ४० जना विपन्न परिवारकाे पहिचान गरिएको छ ।

त्यस्तै गाउँपालिका अध्यक्ष भुपाल पाेखरेलले गाउँघरमा अाएका युवाहरू विभिन्न खेल खेल्ने तथा केही ठाउँमा जमघट समेत हुने भन्ने सुचना भएकोले याे लगडाउनकाे समयमा घर बाहिर ननिस्कन अाग्रह गर्दै यदि त्यस्ताे भेटिए गाउँपालिकाले कारबाहीका लागि सम्बन्धित निकायलाई बुझाउन बाध्य हुने बताउनुभयो । साथै गाउँपालिका भित्रका विपन्न परिवारलाई सहयोग गर्न गाउँपालिकाले गरेको अपिलबाट गाउँपालिकाकाे विपद व्यवस्थापन तथा राहत काेषमा ४ लाख भन्दा बढी रकम तथा केही खाद्यान्न सामाग्री संकलन भइसकेको भन्दै अध्यक्ष पाेखरेलले सहयाेगका लागि सबैमा अाग्रह समेत गर्नुभएको छ ।