कांग्रेसवाट निर्वाचीत मेयर भिम पराजुलीले दिए एक वर्षको तलब भत्ता राहत कोषमा

प्रकाशित मिति:

विराटनगर महानगरपालिकाले निर्माण गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उपचार कोषलाई प्रमुख भीम पराजुलीले एक वर्षको तलब र सबै सुविधाबापतको रकम दिने घोषणा गरेका हुन् । महानगर प्रमुख पराजुलीले आफ्नो कार्यकालको तेर्सो वर्षको सबै तलब र सबै सेवा सुविधाबापत प्राप्त हुने रकममध्येवाट चार लाख ९० हजार रुपैयाँ राहत कोषलाई प्रदान गरेका छन् ।

पराजुलीले एक वर्षमा तलब, सेवा र सुविधाबापत पाँच लाख ४० हजार रुपैयाँ प्राप्त गर्दै आएका छन् । बाँकी ५० हजार रुपैयाँ सिकिस्त बिरामी रहेकी विराटनगरकी उत्तरा चटर्जीलाई सहयोग गरेका छन् । विराटनगर महानगरपालिकाको सोमबार बैठकले एक अर्बको कोरोना राहत कोष खडा गर्ने निर्णय गरेको छ । महानगरका जनप्रतिनिधिहरुले एक महिनाको तलब, सेवा र सुविधाबापतको रकम राहत कोषलाई दिने भएका छन् ।।