भीरकोटमा कोरोना रोकथामका लागि विशेष सतर्कता

प्रकाशित मिति:

विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड – १९ (कोरोनाभाइरस) काकारण मृत्यु हुने र संक्रमितहुने व्यक्तिहरुको सङ्ख्या वृद्धिका कारण यतिबेला सारा विश्व नै त्रसितबनेको छ ।जसले गर्दा सारा विश्वलाई नै चुनौतीदिएको छ । विश्व स्वास्थ्य संगठनले जारी गरेको अन्तिम अपडेट अनुसार २ सय ३ देशहरुमा फैलिसकेको छ । संक्रमित र मृत्यु हुनेको सङ्ख्या बढिरहेको कारणले अनियन्त्रित रुपमा फैलिन नदिन कालागि विभिन्न देशहरुले लकडाउन घोषणा समेत छन् । चैत्र १५ गते बसेको मन्त्री परिषद्को निर्णयले नेपालमापनि चैत्र २५ गते सम्मका लागि तोकेको छ । कोरोना रोकथाम र नियन्त्रणका लागितीनै तहका सरकारले कामगरिरहेकाछन् ।

स्याङ्जाको भीरकोट नगरपालिकाले कोरोना संक्रमण रोकथामतथा नियन्त्रणका लागिवडा नं. १ मारहेको कालिका सामुदायिक अस्पताल र कन्साइन्स बोर्डिङ स्कुल साथै वडा नं. २ मा रहेको भुपु सैनिक स्कुलमा क्वारेन्टाइनको व्यवस्था गरेको छ । दैनिक उपभोग्य सामाग्रीको कमी हुन नदिन कालागि निश्चित समय तोकेर सुरक्षा सतर्कता अपनाई किनमेलको व्यवस्था मिलाएको छ । अतिविपन्न, असहायतथा वृद्ध र दैनिकमजदुरी गर्नेहरुलाई ध्यानमा राखी दैनिक खाद्यान्नका सामाग्रीहरु वितरण गर्ने समेत निर्णय गरेको छ । सुचना सम्प्रेषणका लागिटोल विकास संस्थाकाअध्यक्षहरुलाई सञ्चार शुल्क समेत प्रदानगर्ने निर्णय गरिएको छ । भाइरस संक्रमण फैलिन नदिनका लागि औषधि छर्ने र जनचेतनाका लागि माइकिङ गर्ने कामलाई तिब्रता दिइएको छ ।

नगर प्रवक्तातथा वडा नं. १ का अध्यक्ष दिपेन्द्र केसी भन्नुहुन्छ – ‘अहिले सम्मकुल ४७जना क्वारेन्टाइनमा रहेका छन् । विभिन्न वडाहरुका ४६ जनाहोम क्वारेन्टाइनमा रहेको र उहाँहरुको नियमित स्वास्थ्य जाँचगर्दा कोरोनाभाइरस संक्रमणसँग मिल्दो जुल्दो कुनै पनि लक्षण देखिएको छैन । एक जना पोखरामा क्वारेन्टाइनमा नै हुनुहुन्छ, उहाँको पनि स्वास्थ्य अवस्था सामान्य रहेको छ ।’ भाइरस संक्रमण तथा रोकथामकालागि भारत लगायतविभिन्न मुलुकहरुबाट आएकाव्यक्तिहरु अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने, सोसल डिस्ट्यान्सिङ कायम राख्नुपर्ने, खानपान तथा व्यक्तिगत स्वास्थ्यमा ध्यानदिनुपर्ने, सकारात्मक सोँच राख्नुपर्ने कुरामा उहाँले जोड दिनुभयो ।