कृषि विकास बैंक लि.प्रदेश कार्यालय भैरहवाद्धारा लागि मुख्य मन्त्रीलाई चेक हस्तान्तरण

प्रकाशित मिति:

बुटवल / कृषि बिकास बैंक लि. ५ नं. प्रदेश कार्यालय भैरहवाले संस्थागत सामाजिक उत्तरदायित्व कार्याक्रम अन्तर्गत बिश्वव्यापिरुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि कृषि बिकास बैंक ५ नं. प्रदेश कार्यालय भैरहवाका निर्देशक श्री चन्द्रसिंह थापा ज्यूले ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल ज्यूलाई मुख्य मन्त्री कार्यालयमा गई पाच लाख रुपैयांको चेक हस्तान्तरण गर्नुभएको छ ।

उक्त समयमा प्रदेश निर्देशक ज्युले कृषि बिकास बैंकले लक डाउनको अबधिमा समेत देशका बिभिन्न शाखाहरुबाट बैंकका सेवाग्राहीहरुलाई सुरक्षित रुपमा सेवा प्रदान गरीरहेकोमा बैंकको ५ नं. प्रदेश कार्यालय अन्तर्गतका शाखाहरुले समेत यस समयमा स्थानीय प्रशासनसंग समन्वय गरी बैंकिङ्ग सेवाहरु प्रदान गरीरहेको ब्यहोरा मुख्यमन्त्री ज्युलाई जानकारी गराउनु भएको थियो ।

यस अघि कृषि बिकास बैंक ५ नं. प्रदेश कार्यालय भैरहवाले रुपन्देही जिल्ला, भैरहवा स्थित नेपाल भारत सिमा नाका बेलहियामा भारत तथा अन्य मुलुकबाट नेपाल प्रबेश गर्ने यात्रीहरुलाई कोरोना भाईरस (कोभिड–१९) संक्रमणबाट सुरक्षित राख्नको लागि उक्त नाकामा सावुनपानी र हेण्डवासले हात सफा गर्ने व्यवस्था मिलाउनको लागि १००० लिटरको पानी ट्यांकी, दुईवटा धारा सहितको बेशिन जडित फलामको स्ट्याण्ड हस्तान्तरण गरेको थियो । साथै संक्रमणबाट बचाउनको लागि दशगजा क्षेत्रमा सरसफाई कायम गर्न समेत बैंकले १० बोरा चुना समेत उपलब्ध गराएको थियो । साथै बैंकले नेपालगंज स्थीत रुपडिया नाकामा समेत ट्यांकी सहित सावुन पानिले हात धुने व्यवस्था मिलाएको थियो । साथै कृषि बिकास बैंक केन्द्रीय कार्यालयद्धारा नेपाल सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि खडा गरेको केन्द्रीय कोरोना राहत कोषमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय ज्युले १ करोड २५ लाख रुपैयां सहयोग गर्नु भएको थियो ।