कञ्चन गाउपालिकाले गाउपालिका भित्र रहेका बिपन्न घर परिवारलाई राहत प्रदान गर्ने

प्रकाशित मिति:

रुपन्देही/कञ्चन गाउपालिकाले आफ्नो गाउपालिका भित्र रहेका बिपन्न घर परिवारलाई राहत प्रदान गर्ने भएको छ। दैनिक ज्यालादारीमा मजदुरी गरी दैनिक जिवन गुजारा गर्दै आएका घर परिवारलाई कञ्चन गाउपालिकाले १५ किलो चामल र १ किलो नुनको प्याकेट दिने भएको हो ।कञ्चन गाउपालिकाको बिशेष बैठकले बिश्वभर महामारीको रुपमा फैलिरहेको नोवल कोरोना भाइरसको सम्भाबित संक्रमणलाई रोकथाम गर्न देशभर गरिएको लकडाउनका कारण दैनिक मजदुरी गर्न नपाएका तर बिहान सांझ छाक तार्न गाह्रो भएका बिपन्न घर परिवारहरुलाई गाउपालिकाले राहत बितरण गर्ने भएको हो ।

अस्थाई क्वारेन्टाइनका फोकल पर्सन तथा कञ्चन गाउपालिका स्वास्थ्य शाखाका बिर बहादुर बरमलेले जानकारी दिनु भए अनुसार ती बिपन्न परिवारहरुलाई चैत्र १९ गते राहत बितरण गरिने भएको हो ।सो बैठकले गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीको एकल संयोजकत्वमा गठित बिपद कोषमा कञ्चन गाउपालिकाका जनप्रतिनिधीहरुले एक मुष्ठ रुपमा १ लाख ७० हजार रुपैया आर्थिक सहयोग जम्मा गर्ने निर्णय भएको छ ।यसैगरी लायनस क्लव अफ कञ्चन हरैयाले उक्त बिपद कोषमा ५० हजार सहयोग गर्ने भएको छ ।