लकडाउन उल्लंघन गर्ने ६२५ कारबाहिमा

प्रकाशित मिति:

काठमाडौं/विश्वभर कोरोना फैलिएको कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनको आज आठौं दिन ।लकडाउनको अवधिमा अत्यावश्यक बाहेकका काममा हिँनडुल गर्नेलाई प्रहरीले कारबाही गरेको छ । आज बिहान सात बजेसम्मको समयमा लकडाउन उल्लंघन गर्न ६ सय २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।नियन्त्रणमा लिएका मध्ये ५ सय ४७ पुरुष र ७८ महिला छन् ।

त्यस्तै प्रहरीले ६८ सवारीसाधनलाई पनि नियन्त्रणमा लिएको छ ।लकडाउनको प्रभावले मुख्य सडकमा आवतजावत ठप्प छ भने भित्रि सडकमा सामान्य चहलपहल देखिएको छ ।-खबरहब 

थप समाचार