पिपराले बुटवल पठाएको विरामी रातभर हिडेर पिपरा फर्कीए

प्रकाशित मिति:

कोरोना आशंकामा सोमबार कपिलवस्तु वाणगंगा–३ राजापानीबाट वुटवल पठाइएका एक विरामी पुनः पिपरा आएका छन् । सोमबार दिउँसो उनलाई कोरोना भाइरसको आशंका गरिएपछि एम्बुलेन्सबाट वुटवल पठाइएको थियो । अत्याधिक ज्वरोसंगै टाउको र छाती दुखेपछि ती व्यक्ति आफैले साइकल चलाएर उपचारका लागि सोमबार पिपरा अस्पताल पुगेका थिए । तर, स्वास्थ्यकर्मीले त्यहाँ उपचार गर्न हिचकिचाएपछि उनलाई बुटवल थप उपचारका लागि पठाइएको थियो । कोरोनाको त्रासले उनलाई कसैले छुन मानेका थिएनन भने एम्बुलेन्स चालकले बुटवल लगेका थिए । बुटवलको धागो कारखानामा तयार पारिएको कोरोना अस्पतालमा उनलाई एम्बुलेन्स चालकले लगेको र त्यहाँ अनुमती भन्दा विपरित आएको भन्दै स्वास्थ्यकर्मीले थर्काएर पठाएका थिए । त्यहाँबाट उनलाई लुम्बिनी प्रादेशिक अस्पताल वुटवलको गेटमा छाडेर आफु कपिलवस्तु फर्किएको एम्बुलेन्स चालक मधु बेल्वासेले मायादेवी अनलाइनलाई बताएका छन । ती विरामी व्यक्तिको साथमा कोही गएका थिएनन । अहिले उनी पिपरा अस्पतालमा पुनः आइपुगेको नगरपालिकाका उपप्रमुख चक्रपाणी अर्यालले बताए । पिपराले गम्भिर प्रकृतीका विरामी ठानेका उनी कसरी पिपरासम्म आए प्रश्न गम्भिर तरिकाले उठेको छ । उनी हिड्दै पिपरा आएको बताइएको छ । वाणगंगाका नागरिक कोरोना संक्रमणले बुटवल उपचार गर्न गएपनि यसमा जनप्रतिनिधिको चासो नदेखिएको भन्दै आलोचना भएको छ । कोरोना हो या होइन कुनै पत्ता नलाग्दै यसरी विरामीलाई हतोत्साहित गराउने काम भएको भन्दै आलोचना भएको हो । सोमबार विरामीको अवस्था गम्भिर छ भन्दै बुटवल अस्पताल पठाएको अस्पतालकी प्रमुख डा. रञ्जिता महतोले आज ती व्यक्तिको अवस्था ठिकै रहेको मायादेवीलाई बताइन । हिजो कसरी वुटवल पठाउनुपर्ने अवस्था आयो आज कसरी ठिकै भन्ने प्रश्नमा उनले अहिले यो प्रश्नको जवाफ दिन समय नभएको बताइन ।

हेर्नुहोस यसरी भयो विरामीको गोलचक्कर ! कोही व्यक्तिमा कोरोनाको आशंका लागे स्थानीय सरकारले बनाएका क्वारेनटाइनमा राख्नुपर्ने हुन्छ । जिल्लाका सबै स्थानीय तहले क्वारेनटाइन बनाएका छन् । यदी गम्भिर प्रकृतीका विरामी छन भने आइसोलेसन वार्डमा भर्ना गर्ने गरी स्थानीय सरकारले प्रबन्ध मिलाएका छन । तर, वाणगंगामा सोमबार पिपरा अस्पताल पुगेका विरामीलाई अस्पतालले आफ्नो आइसोलेसनमा नराखेर सिधै बुटवल पठाएको छ । यसरी सिधै बुटवल विरामी पठाउँदा बुटवलस्थित कोरोना विशेष अस्पतालले आफुलाई थर्काएको एम्बुलेन्स चालक मधु बेल्वासेले गुनासो गरेका छन । यसरी एक्कासी विरामी यहाँ लिएर आउन पाईदैन भन्दै अस्पतालले थर्काएको चालक बेल्वासेले बताएका छन । कोरोना विशेष अस्पतालले थर्काएर पठाएपछि एम्बुलेन्स चालकले विरामीलाई प्रादेशिक अस्पताल बुटवलको गेटमा लगेर छाडेर आफु फर्किएको बेल्वासेले जनाए । चालकका अनुसार विरामीको साथमा कोही थिएनन् ।नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख ठगराज पौडेलले यो विषयमा थप बुझेर बताउने बताए । रातभर विरामी कहाँ गयो भनेर हामी चिन्तित थियौं अहिले विरामी भेटिएका छन्, स्वास्थ्य शाखा प्रमुख पौडेलले भने’,–‘अहिले खुसी छौं । वडा नं. ३ का एक स्थानीयले वाणगंगाका विरामीको जिम्मेवारी स्थानीय सरकारले लिनुपर्ने बताए । आफ्ना नागरिक कहाँ छन् के गर्दै छन भन्ने जिम्मा स्थानीय सरकारको हो उनले भने’,–“सोमबार बुटवल पठाइएको विरामी कसरी पिपरा आए यसको छानविन हुनुपर्छ । कपिवलवस्तुका तीन स्थानीय तहले आइसोलेसन वार्ड बनाएका छन । जस मध्ये कपिलवस्तु नगरपालिकामा ४, शिवराज नगरपालिकामा २ र वाणगंगा नगरपालिकामा २ बेडका आइसुलेसन वार्ड छन । वाणगंगामा अहिलेसम्म कुनै व्यक्ति आइसुलेसनमा नपठाइए पनि सोमबारका विरामी आइसुलेसन वार्डमा पठाउने प्रकृतीका रहेपनि पिपरा अस्पतालले सिधै वुटवल पठाएको थियो । यो विषयमा छानविन हुनुपर्ने यहाँका सरोकारवालाहरुले आवाज उठाउन थालेका छन् ।मायादेवि अनलाईन वाट साभार