उद्योगीको साथमा उद्योग संघ

प्रकाशित मिति:

भरतपुर/ चितवन भरतपुर महानगरपालिका वडा न. ५ स्थित सेजल फूड्समा आज बिहान आगलागी भएको छ। आगलागी भएको खवर पाउनासाथ चितवन उद्योग संघले नेपाली सेना, नेपाल प्रहरी लगायत सम्बन्धित निकायसँग सम्पर्क गरि दमकलको व्यवस्था सहित आगो निभाउने काममा आवश्यक समन्वय गरिएको चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले बताउनु भयो। साथै आगलागी नियन्त्रणमा साथ सहयोग दिनुहुने सबै सुरक्षा कर्मीहरु, रास्ट्र सेवक कर्मचारीहरु, स्थानिय प्रशासन र सम्पूर्ण सरोकारवालाज्यूहरुलाई उद्योग संघले धन्यवाद समेत प्रकट गर्यो।घटना स्थलमै पुगी संघका अध्यक्ष पौडेल र उपाध्यक्ष त्रिलोचन कडेलले पीडित उद्योगीलाई सान्त्वना दिदै उद्योगीहरुलाई आइपर्ने जस्तो सुकै विषम परिस्थितिमा पनि उद्योग संघले हातेमालो गर्ने र भोलिका दिनमा उद्योगलाई पुन अझ परिस्कृत ढंगबाट सन्चालन गर्नका लागि चितवन उद्योग संघ प्रतिबद्ध रहेको समेत बताउनु भयो। आगलागीबाट १ करोड भन्दा बढी क्षति भएको बताउदै पीडित .उद्योगीले उद्योग संघले आगलागी स्थलमै आएर दिएको सद्भाव र सहानुभूतिप्रती आभार समेत व्यक्त गर्नुभयो।