अप्ठेरोमा सवारी साधन आवश्यक परे मलाई सम्पर्क गर्नु होला : शर्मा

१८ चैत्र २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


सविन डोटेल ,चापाकोट । विश्व कोरोना भाइरसको संक्रमणले ग्रस्त छ  नेपालमा पनी कोरोना भाईरस रोकथामका लागी लकडाउनको अवस्था रहेको छ । यो अवस्थामा नेपाल तरुण दल स्याङ्जाका नेता एंबम युवा ब्याबसायी शिव शर्माले सवारी साधनको कमिले कोहि कसैलाई सास्ती नहोस भनेर आफुसंग भएको निजि सवारी साधन जिल्ला प्रशासन कार्यालय ,प्रहरी कार्यलय अथवा सर्वसाधरण का साथै चापाकोट बासीलाई आवश्यक परेको खण्डमा उवलव्ध गराउने घोषण गर्नु भएको छ । कसैलाई सवारी साधन आवश्यक परे सिधै आफुलाई सम्पर्क गर्न सकिने शर्माले वताउनु भयो । विपतकोे बेला आफुले सक्ने सहयोग गर्नु आफ्नो दायित्व भएकोले आवश्यक परेकालागी साधन उपलव्ध गराउने उहाले वताउनु भयो । शर्मा व्यवसायिक पेशाका साथमा समाजसेवामा पनी क्रियाशिल रहदै आउनु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया