धुर्कोटका ६० अति विपन्न परिवारलाई राहत वितरण

प्रकाशित मिति:

झविन्द्र भण्डारी, गुल्मी चैत्र १८ ।

गुल्मीको धुर्कोट गाउँपालिकाले अति विपन्न परिवारलाई राहत वितरण गरेको छ । मंगलबार गाउँपालिका अध्यक्ष भुपाल पाखरेल र उपाध्यक्ष शिव बहादुर खत्रीले वडा नं. ७ का ६० अति विपन्न परिवारका लागि आवश्यक पर्ने दैनिक उपभोग्य वस्तु प्रति परिवार २५ केजी चामल, ५ केजी आलु, १ पोका तेल, १ केजी नुन लगायतका खाद्यान्न वितरण गर्नुभएको हो ।

राहत वितरण गर्दै अध्यक्ष पोखरेलले कोरोना भाइरसको प्रभावले आफ्नो दैनिकी चलाउन मुस्किल परेका अपाङ्ग, एकल महिला तथा आयस्रोत केही नभएका अति विपन्न परिवारलाई पहिलो चरणमा राहत वितरण गरिएको वताउनुभयो । गाउँपालिकाले विपन्न परिवारको वर्ग पहिचान गरेको भन्दै अध्यक्ष पोखरेलले प्रत्येक वडामा पहिलो चरणमा अति विपन्न र दोस्रो चरणमा अन्य विपन्नलाई राहात वितरण गर्ने वताउनुभयो । त्यस्तै उपाध्यक्ष शिव बहादुर खत्रीले गाउँपालिकाले विपद व्यवस्थापन तथा रहात कोष मार्फत प्रत्येक वडामा राहत वितरण गरिने भन्दै ७ नं. वडा वाट सुरु भएको राहत वितरण प्रत्येक वडामा सञ्चालन गर्न राहत कोषमा सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो ।

राहत पाएपछी दैनिकी चलाउन अफ्ठ्यारो परेका अति विपन्न परिवारहरु खुसी भएका छन । राहत वितरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थी, वडा नं. ७ का वडा अध्यक्ष हिम प्रसाद पन्थी लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । गाउँपाकिकाले केही दिन पहिला गरेको अपिलबाट हालसम्म गाउँपालिकाको विपद व्यवस्थापन तथा राहत कोषमा ५ लाख भन्दा वढी रकम तथा खाद्यान्न सामाग्री समेत संकलन भइसकेको छ ।