अधिवक्ता कृष्ण पोखरेल द्धारा घर भाडा छुट दिने घोषणा ।

प्रकाशित मिति:

बुटवल । संघीय सरकारले चैत्र महिनाको घर भाडा छुट गर्न घरबेटीहरुलाई आग्रह गर्ने निर्णय गरेसङ्गै उक्त छुटको घोषणा गर्नेक्रम शुरु भएको छ । संकटका वेला आफुहरुले सक्ने सहयोगका लागि तयार रहेको भन्दै कतिपय घरधनीहरुले विभिन्न माध्यमवाट सरकारी निर्णय कार्यानयन गर्ने जनाएका छन् । अधिबक्ता कृष्ण प्रसाद पोखरेलले आफ्नो घरमा व्यापार व्यवसाय गरी वस्नेहरुलाई चैत्र महीनाको घरभाडा नलीने घोषणा गरेका छन् । उनले वैकहरुले पनी चैत्र महिनाको सवैको व्याज मिनाहा गर्नुका साथै घरधनिहरुलाई करको छुटको व्यवस्था गरीदीनु हुन आग्रह गरेका छन् । यसअघि कांग्रेस नेता नारायण न्यौपानेले र मृगेन्द्र शेरचनले एक महिनाको घरभाडा नलिने घोषणा गरेका थिए ।