मनकारी घरबेटी : जसले १६ सटरको भाडा नलीने

प्रकाशित मिति:

बुटवल । सरकारले कोरोना सक्रंमणको उच्च जोखीम रहेको भन्दै यतीबेला नेपाल नै लकडाउन गरेको छ । लकडाउनका कारण ब्यापार ब्यबसाय नभएको भन्दै सरकारले नै घरबेटीहरुलाइ यतीबेला घरभाडा नलिन बिशेष आग्रह समेत गरेको छ । यस्तै बुटवलका ब्यबसायी एवम समाजसेबी सुरज पाण्डेले आफ्नो ब्यबसायीक घरको १६ वटा सटरको भाडा नलिने घोषणा गरेका छन । बुटवल मिलनचोकको हाइवेमा रहेको दुइ तले घरको १६ वटा सटरको भाडा एक महिनाको नलिने घोषणा गरेको हु, पाण्डेले सबलपोष्टलाइ भने – अहिले सबै क्षेत्र लकडाउनका कारण प्रभाबीत भएकाले मैले उक्त निर्णय गरेको हु । ” बुटवलका बिभिन्न सघंसस्थाहरुमा आबद्ध पाण्डे लाइन्स क्लब अफ रुपन्देहीका आइपिपी समेत हुन । रुपन्देहीलाइ कर्मथलो बनाएर ब्यापार ब्यबसाय गरिहेका पाण्डेले वेष्र्टन अटो ट्रेर्डस पनी सन्चालन गरिरहेका छन । बिभिन्न सामाजीक सघंसस्था र युवाहरुको क्षेत्रमा पनी काम गरिरहेका उनी सफल युवा ब्यबसायी एवम सामाजीक ब्यक्तित्वका रुपमा चिनिन्छन ।प्रस्तुती : दिपक न्यौपाने