विभिन्न घटनाका अभियुक्त पक्राउ

प्रकाशित मिति:

अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाबाट आफ्नै दाजुको हत्या गरी फरार रहेका हत्यारा भाइलाइ १५ बर्ष पछि प्रहरीले पक्राउ गरेको छ । अर्घाखाँचीको भुािकास्थान नगरपालिका वाड नम्वर ८ सुर्र्सिंङ्गमा २०६१ साल कार्तिक ६ गते घरायसी विवादमा दाइको हत्या गरि फरार रहेका २६ बर्षिय भाइ जितबहादुर नेपालीलाइ १५ बर्ष पछि पक्राउ गरेको हो ।
३५ बर्षिय आफ्नै दाइ हेम बहादुर नेपालीको घरायसी विवादमा कर्तव्य गरी मारी सोही समय १५ बर्ष देखि फरार रहेका जीतबहादुरलाइ सन्धिखर्क नगरपालिका वाड नम्वर ४ टुनीपोखरामा रहेको ससुरालीघरबाट प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरिक्षक नवराज मल्लले जानकारी दिनु भयो । भारतको कानपुरमा लुकिछिपी बस्दै आईरहेको गोप्य सुचनाको आधारमा गएराती प्रहरी कार्यालय बाट खटिएको प्रहरी टोलीले पक्राउ गर्न सफल भएको प्रनाउ मल्लले बताउँनु भयो ।
यस्तै अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वाड नम्वर ४ वांगलामा मानसिक सन्तुलन गुमाएका ब्यक्तिलाइ बन्धक बनाएर राख्ने २ जना छिमेकी पक्राउ परेका छन ।
सन्धिखर्क नगरपालिका वडा नम्बर ४ वाङ्ला आमडाँडामा विजया दशमीको दिन मानसिक सन्तुलन ठिक नभएका नारायण खत्रीलाई रसीले बाधेर आगनमा रातभरी छाडिदिने छिमेकी शुसिला नेपाली र उनका श्रीमानलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक नवराज मल्लले बताउँनु भयो । खत्रीलाइ ८ घण्टापछि स्थानियहरुले आगनमा बाधिएर पल्टाईएको , अचेत अबस्थामा भेटे पछी स्थानीयले जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीमा खबर गरेका थिए । तत्काल खबर पाउन साथ प्रहरी निरिक्षक नवराज मल्ल र प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको पहलमा पिडित नारायण खत्रीलाई उपचारको लागि जिल्ला अस्पताल अर्घाखाँचीमा लगिएको थियो । जिल्ला अस्पताल अर्घाखाँचीमा खत्रीको सामान्य उपचार पछी स्वास्थ्यमा जटिल समस्या देखिएपछी थप उपचारको लागि लुम्विनी अञ्चल अस्पताल बुटवल पठाएकोमा त्यहा पनि उपचार हुन नसकेपछि थप उपचारकालागि रिफर गरी भैरहवा मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ ।
बन्धक बनाउने शुसिला नेपालि र उनका श्रीमानलाइ थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा हिरासतमा राखिएको छ ।