विपन्न परिवारलाई खाद्यान्न वितरण

प्रकाशित मिति:

बुटवल ।  विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथामको लागि गरिएको लकडाउनका कारण प्रभावित दैनिक ज्याला मजदुरी गरी खाने विपन्न वर्गको राहतको लागि बुटवलका एक समाजसेवीले खाद्यान्न वितरण गरेका छन ।
वुटवल ११ स्थित हात्तिसुढ टोल विकास संस्थाका अध्यक्ष एवं गोल्डेन वुद्ध रियल स्टेट प्रालिका अध्यक्ष भिमसेन श्रेष्ठले ७० घर परिवारलाई वुधवार खाद्यान्न वितरण गरेका हुन ।
हजुर वुवा भागीराम श्रेष्ठ र हजुर आमा गणेश कुमारी श्रेष्ठको स्मृतीमा प्रतिपरिवार ५ केजी चामल, दाल, तेल, दाल, लसुन, आलु, नुन लगायतका खाद्यान्न वितरण गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।  खाद्यान्न वितरणमा टोल विकासका सचिव कृष्ण भण्डारी,  कोषाध्यक्ष सरस्वती गलामी,  सहसजिव राकेश खड्का समाजसेवी राजु रसाईली, इश्वरीदेवी भट्टराई सुजन परियार लगायत खटेका थिए ।
सो अवसरमा अध्यक्ष श्रेष्ठले घर भाडामा वस्ने  १० परिवारलाई एक महिनाको भाडा छुट गरेको जानकारी दिए ।
त्यसैविच  व्यावसाहिक वकिल समाज (प्रोफल)ले  बुटवल उपमहानगरपालिका वडा नं. १५ मा लकडाउनको प्रभावबाट दैनिक छाकटार्न समस्यमा परेका अतिविपन्न त्रिपन्न परिवारका करिव ३  व्यक्तिलाई घरघर मा पुगी दाल, चामल, नुन, तेल समेतका खाद्य सामग्री बितरण गरेको छ ।
खाद्य सामग्री आफ्ना स्वर्गीय पिता गोविन्द वियोगीको स्मृतीमा छोरी रोशनी वैद्य मलेगो, छोरा ज्योति वैद्य र छोरी डा. चादनी वैद्य श्रेष्ठले दानस्वरुप उपलब्ध गराएका थिए । राहत वितरणले गरिखाने वर्गलाई रातह भएको समाजसेवी  नारायण बन्जाडेले बताए ।