घरबहाल छुट दिन सरकारले गरेको अनुरोधको स्वागत

प्रकाशित मिति:

हरिश ढकाल ,बुटवल, १९ चैत । कोभिड १९ को संक्रमणबाट रोक्न मुलुक लकडाउनमा रहेको र यसबाट आम जनतामा प्रत्यक्ष प्रभाव पर्न गएकोले चैत महिनाको घरभाडा नलिन सरकारले घरधनिहरूलाई अनुरोध गरेकोमा घरबहाल सरोकार महासंघ नेपालले स्वागत गरेकोे छ । लकडाउनका समय कारण खासगरि बहालमा संचालन गरिएका उद्योग ब्यबसायमा बहालमा बसोबास गर्ने मजदुरहरुमा प्रत्यक्ष असर परेकोले घरबहालमा छुटदिनुपर्ने भन्दै उद्योगी ब्यबसायीहरुले सरकारसँग माग गरेका थिए । महासंघका सचिब हरिशरण पाठकले एक प्रेस विज्ञप्ति प्रकाशित गरि मुलुकको विषम परिस्थितिलाई मध्येनजर गरि सरकारले गरको सो निर्णयको स्वागत गरिएको जनाएका छन । महासंघले यसअघि घरभाडामा ५० प्रतिशत छुट दिन माग गरेकोमा लकडाउनको समयावधि लम्बिएसंगै सरकारले एक महिनाको घरभाडा नलिन घरधनिहरूलाई गरेकोे अनुरोध स्वागतयोग्य रहेको भन्दै सो निर्णय कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ । बिज्ञप्तीमा भनिएको छ—हालको बिषम परिस्थितीलाई मध्येनजर गर्दै सरकारले गरेको घरबहाल मिनाहाको लागि अनुरोध र बहाल छुटको बिषय राज्यको समेत सरोकारको बिषय बनेकोमा त्यो निर्णयको हार्दिक सम्मान तथा स्वागत गरिन्छ ।