सर्लाहीका एम्बुलेन्स चालकहरुलाई पिपिई वितरण ।

१९ चैत्र २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
504 Shares


सोम दियाली, सर्लाही ,चैत्र १९, बुधवार । जिल्लाका एम्बुलेन्स चालकहरुका लागि पिपिई अर्थात पर्सनल प्रोटेक्टीभ ईकुपमेण्ट प्रदान गरिएको छ ।
लालबन्दी नगरपालिकाको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी ईश्वरपुर घर भई हाल काठमाण्डौं बस्दै आउनु भएका युवा समाजसेवी मनोज आचार्यले चालकहरुका लागि ५० थान पिपिई प्रदान गर्नु भएको हो । विश्व नै कोरोना भाईरस(कोभिड–१९) विरुद्ध लडि रहेका बेला नेपालमा पनि त्यसको जोखिमबाट बच्न विभिन्न सतर्कता अपनाइएको छ । लक डाउनको समयमा सवै जना घरमा बस्ने तर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र एम्बुलेन्स चालक समेत विरामीको सम्पर्कमा रहने भएकोले एम्बुलेन्स चालकहरुलाई रोगका संक्रमणबाट बचाउन पिपिईको व्यवस्था गर्नु पर्ने ठानेर आफुले उनीहरुको लागि पिपीई प्रदान गरेको समाजसेवी आचार्यले बताउनु भयो ।
आपतको समयमा सवै नेपालीले आआफ्नो ठाउँबाट सरकारलाई सहयोग गर्नु पर्ने भन्दै समाजसेवी आचार्यले कोरोनाको जोखिमबाट जोगिन जिल्लावासीलाई आग्रह गर्नु भयो । सामाजिक कार्यमा विगत देखि नै सक्रिय हुँदै आउनु भएका समाजसेवी आचार्यले एम्बुलेन्स चालकहरुलाई उक्ता सामाग्री वितरणकै अवसर पारेर नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि ५० कार्टुन चाउचाउ र २० कार्टुन पानी समेत उपलब्ध गराउनु भएको छ ।
सुरक्षा सामाग्री वितरण कार्यक्रममा बोल्नु हुँदै प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले आफुहरुले कति प्रयास गर्दा पनि उपलब्ध हुन नसकेको पिपिई उपलब्ध गराई सहयोग गरेकोमा समाजसेवी आचार्यलाई धन्यवाद दिनु भयो । उहाँले सवैले आआफ्नो ठाउँबाट सकेको सहयोग गर्न अपील गर्दै विशेष गरी लक डाउनका कारण दैनिक ज्याला मजदुरी गरी खाने वर्गको सहयोगमा एकवद्ध हुन जनप्रतिनिधी र राजनितिक दललाई आग्रह गर्नु भयो । रोगबाट भन्दा भोकबाट मर्ने स्थितीको सामना गर्न समेत प्रमुख जिल्ला अधिकारी जिसीले अपिल गर्नु भयो । उहाँले जिल्लामा अहिले सम्म कोरोनाको संक्रमित फेला नपर्नु खुशिको कुरा भएको बताउनु हुँदै नेपाल सरकारले जारी गरेको लक डाउनको पूर्ण पालन गर्न आग्रह गर्नु भयो ।
त्यस्तै एम्बुलेन्स चालक संघका अध्यक्ष देवकुमार लामाले कोरोनाको उच्च जोखिममा रहेको एम्बुलेन्स चालकहरुलाई सुरक्षा कवच उपलब्ध गराएकोमा खुशी लागेको र यसले चालकहरुको आत्मबल बढेको बताउनु भयो । पिपिई वितरण कार्यक्रममा राष्ट्रिय सभा सदस्य राधेश्याम पासवान, प्रदेश सभा सदस्य बेची लुंगेली, डिल्ली प्रसाद उप्रेती, जिल्ला समन्वय समिति सभापति मेथुर चौधरी, लालबन्दी नगरपालिकाका मेयर मान बहादुर खड्का, हरिपुरका जमुरुद्धीन मन्सुर, ईश्वरपुरका मनोज देवकोटा, बागमतीका भरत कुमार थापा, सर्लाही प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेल, सशस्त्र प्रहरी प्रमुख एसपी विनोद श्रेष्ठको उपस्थिती रहेको थियो ।
त्यस्तै कार्यक्रममा नेकपा नेता प्रह्लाद बुढाथोकी, नेकपा जिल्ला ईन्चार्ज डाचाराज वाग्ले, सचिव कमल बुढाथोकी, विभिन्न वडाअध्यक्ष, उद्योग वाणिज्य संघ, चेम्वर अफ कमर्सका प्रतिनिधी, समाजसेवी लगायतको उपस्थिती रहेका थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • लकडाउनका बीच लायन्स बुटवल मुक्तिनाथको रक्तदान कार्यक्रम सम्पन्न
  • शहरी यातायात व्यवस्थापन : चुनौती तथा समाधानका उपायहरु
  • भीरकोटबासीहरुको लागि राहत विभिन्न संघसस्थाहरुले राहत रकम दिने क्रम जारी
  • थप २८८ जनामा कोरोना संक्रमण देखीएपछी संक्रमितको संख्या २०९९ पुग्यो
  • समाचार प्रभाव : सागर र शालिकरामको पहलमा मुम्बईबाट ८१ नेपालीको…
  • सियारीमा रहेको रामजानकी मन्दिर स्थानियको सक्रियतामा संरक्षण गरिदै
  • जेठ २५ भित्र कर बुझाउन करदातालाई सरकारको निर्देशन नबुझाए जरिवाना…
  • जनता र जनप्रतिनिधि नचिन्ने अर्थमन्त्रीले जनभावना बुझ्न नसक्ने नेता कण्डेलको…
  • महामारीको दोस्रो छाल पहिलो भन्दा पनि घातक हुन सक्छ-डब्ल्युएचओ
  • कोरोनालार्ई परास्त गरि नवलपरासीका पहिलो कोरोना संक्रमित सहित ३ जना…