नेपाल भारतको सिमा क्षेत्रमा अलपत्र परेका नेपाली नागरिकलाई तत्काल उद्धार गरौँ : सभापति शाह

प्रकाशित मिति:

बुटवल । नेपाली कांग्रेस संकटका बेला सरकारसँगै छ , नेपाल भारत को सिमा क्षैत्रका साथै भारतसँग जोडिएका विभिन्न नाका मार्फत नेपाली हरु स्वदेश फर्कने क्रममा अलपत्र परेका नागरिकलाई स्वास्थ्य जाँच गरि नेपालकै क्वारेन्टाइनमा राख्न लेखा समीतीका सभापती माननीय भरत कुमार शाहले सरकारसँग अपील गर्नु भएको छ । कोरोना भाइरसको संक्रमणबाट बच्न नेपाल सरकारले चलाएको अभियानलाई सबैले साथ दिनुपर्ने पनी बताउनु भएको छ । सरकारले शुरु गरेको लकडाउनले मजदुरी गरेर दैनिक जीविकोपार्जन गर्ने सर्वसाधारणलाई समस्या भएको छ’,उहाले भन्नु भयो ‘अति विपन्न वर्गलाई खाद्यान्नलगायतका सहायता उपलब्ध गराएर लकडाउनलाई पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्छ ।