आगलागीको चपेटामा परेका ब्यवसायीलाई सहयोग तथा राहत

प्रकाशित मिति:

तिर्थराज ज्ञवाली  चैत्र १९, सिसहनिया९देउखरी दाङ   विद्युत सट भई आगलागि भएको विन्दबाँसिनी किराना पसलका सञ्चालकलाई उचित राहतको ब्यवस्था गर्ने राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले बताउनु भएको छ । मंगलवार राति करिव ८ : ३० बजेतिर आगलागि सुरु भई ठुलो क्षति भएपछि राप्ती गाउँपालिकाको दोस्रो बजार सिसहनिया स्थित विन्दबाँसिनी किराना पसलको क्षेतिको अनुगमन गर्दै अध्यक्ष सुवेदिले राप्ती गाउँपालिकामा ब्यवसाय दर्ता तथा सुचिकृत गरेका हरेकलाई अकल्पनिय क्षतिमा उचित राहत दिने ब्यवस्था गरिएको र नियमानुसार अन्य सहयोगी निकायमा समेत राहतको लागि पहल गर्ने बताउनु भएको छ ।बुधवार विहानै गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदि तथा सिसहनिया उद्योग बाणिज्य संघका अध्यक्ष शान्तराज भण्डारी लगायत पदाधिकारीले संघको तर्फवाट प्रारम्भिक राहत स्वरुप नगद ५ हजार आगलागि भएको विन्दबाँसिनी किराना पसलका सञ्चालक तारा विष्ट कार्कीलाई उपलब्ध गराईएको सिसहनिया उद्योग बाणिज्य संघका महासचिव ईश्वरी अधिकारीले जानकारी दिनुभएको छ ।

बढ्दो कोरना भाईरसको जोखीमबाट बच्न र बचाउन दोस्रो चरणको लकडाउन चलिरहेको अवस्थामा किराना पसलमा आगो छिटो निभाउन नसकिएकोले नगद तथा किराना तथा खाद्य बस्तु जल्दा ठुलो क्षेति भएको सिसहनिया उद्योग बाणिज्य संघका सचिव मदन पोख्रलले बताउनु भएको छ ।
एक सफल ब्यवसायी तारा विष्ट कार्कीको किराना पसलमा आगलागि हुदा बढ्दो कोरना भाईरसको जोखीममा किराना तथा खाद्य सामाग्रीको ठुलो क्षति भएकोमा सिसहनिया उद्योग बाणिज्य संघका सम्पुर्ण पदाधिकारी तथा सदस्यहरु दुःखी भएको संघका सल्लाहकार भागवत ज्ञवालीले बताउनु भएको छ ।
आगलागि बाट नगद २ लाख, १ मोटरसाईकल तथा पसलमा रहेका सबै किराना खाद्य सामाग्री जलेर नस्ट भएको सिसहनिया प्रहरी चौकीले जानकारी दिएको छ ।