दैलेखमा ३ दशमलव ९ रेक्टर स्केलको भूकम्प गयो

प्रकाशित मिति:

नारायण नगरपालिका १०, भवानी केन्द्र बिन्दू बनाएर दैलेखमा फेरि भूकम्प गएको छ ।

गएराति १२ बजेर १० मिनेटमा गएको त्यो भूकम्प ३ दशमलव ९ रेक्टर स्केलको रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख दीपक बस्नेतले जानकारी दिए।

भवानी केन्द्र बिन्दू भएर असोज १९(२१ गतेसम्म ४ रेक्टर स्केल माथिका ५ वटा र ४ रेक्टर मुनिको १४ वटा भूकम्पको झट्का दिएको थियो ।