सियारी गाउँपालिकामा राहत वितरण गरिदै ।

प्रकाशित मिति:

सियारी, चैत्र १९ । रुपन्देहीको सियारी गाउँपालिकाले ज्यालादरी गरि खाने, विपन्न परिवारलाई राहत वितरण गरेको छ । दैनिक ज्यालादरी गर्ने परिवारहरुलाई विपद् तथा प्रकोप व्यवस्थापन कोषबाट राहत बुधबार वितरण गरिएको हो ।
कोरोना भाइरस कोभिड १९० को संक्रमण विश्वभर महामारीको रुपमा फैलिरहेको छ र नेपालमा पनि केहि ब्यक्तिमा यस भाइरसको संक्रमण देखिएको छ । भाइरसको संक्रमण फैलिन नदिन तथा फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै उच्च सर्तकता अपनाउने उद्देश्यले सरकारले अहिले देश भर लकडाउन गरेको छ । यस अवधिमा सियारी गाउँपालिकामा दैनिक ज्यालादारि गर्ने मजदुरहरुको दैनिक गुजरा चलाउन समस्या परेकोले उनिहरुको छाक टार्नका लागि एक हप्तासम्म पुग्ने गरि गाउँपालिकाको तकर्फबाट रहात वितरण गरिरहेको गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताउनु भयो ।
गाउँपालिकाले वडा नं। १ देखि वडा नं। ७ का सबै टोलमा दैनिक ज्यालादारी गर्ने परिवारलाई पहिलो चरणमा एक सय कुन्टल चमल, १३ कुन्टल दाल र १२ कुन्टल नुन वितरण गरेको गाउँपालिका प्रवक्ता तथा उपाध्यक्ष अमृता गरुङले बताउनु भयो ।
राहत वितरणका लागि वडा अध्यक्ष मार्फत प्रत्येक वडाहरुमा लगत संकलन गरिएको र परिवारिक अवस्था हेरी प्रत्येक परिवारलाई चमल, दाल र नुन वितरण गरिएको थियो । बाकीं छुटेकाहरुलाई अगामी दिनमा राहत वितरण गरिने प्रवक्ता गुरुङले बताउनु भयो ।
राहत वितरण कार्यमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य जनप्रतिनिधि, टोलविकास संस्था लगाएकतको उपास्थिति रहेको थियो ।
सियारी गाउँपालिकाले राहत वितरणका लागि रु। २५ लाख बराबरको रकम विपत ब्यवास्थपनका लागि राहत कोष स्थापना गरेको छ । विपत ब्यवास्थपनमा सहयोग गर्न चहनुहुनेहरुले विपत ब्यवास्थपन खाता एनआईसी एसिया बैंकको खाता नं।०९३सि ए५००१४९४१००४ सहयोग गर्न सकिने छ