विश्व प्रख्यात वैज्ञानिक गीता रामजीको कोरानाका कारण मृत्यु

प्रकाशित मिति:

एजेन्सी । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्व प्रसिद्ध दक्षिण अफ्रिकाकी वैज्ञानिक गीता रामजीको मृत्यु भएको छ । उनको मंगलबार कोरोना भाइरसको संक्रमणका कारण निधन भएको बीबीसीले उल्लेख गरेको छ । प्राध्यापक रामजी हालै बेलायतबाट घर फर्केकी थिइन् । स्वास्थ्यमा समस्या देखिएपछि क्वाजुलु–नाटाल प्रान्तस्थित अस्पतालमा उनी भर्ना भएकी थिइन् । उपचारका क्रममा उनको मंगलबार निधन भएको बीबीसीले जनाएको छ ।

उनले दक्षिण अफ्रिकामा एचआईभी संक्रमण रोक्ने उपायको खोजीमा ध्यान केन्द्रित गर्दै आएकी थिइन् । साथै उनले क्षयरोग टीबी रोकथामका लागि पनि काम गरेकी थिइन् । दक्षिण अफ्रीका रहँदै आएकी भारतीय मूलकी उनको मृत्यू कोरोनाभाइरसकै कारण भएको अफ्रीकन मेडिकल रिसर्च काउन्सिलकी अध्यक्षले दाबी गरेकी छिन् । तर उनको मेडिकल रिपोर्ट भने आउन बाँकी रहेको जनाइएको छ ।

दक्षिण अफ्रिकामा हालसम्म कोरोनाको संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । अफ्रिकाको क्वाजुलु नतालमा बस्दै आएकी ६४ वर्षीया गीता साउथ अफ्रिकन मेडिकल रिसर्च काउन्सिलमा एचआईभी संक्रमण रोक्ने विषयमा अनुसन्धानरत थिइन् । उनलाई सन् २०१८ मा युरोपियन डेभलपमेन्ट क्लिनिकल ट्रायल्स पार्टनरसिप्सका तर्फबाट आउटस्ट्यटण्डिङ फिमेल साइन्टिस्टको पुरस्कार प्रदान गरिएको थियो ।खवरहव वाट साभार