मृतक थापाका परिवारलाई उचित क्षतिपुर्ती प्रदान गर्न तरुण दल रुपन्देहीको सरकार संग माग

प्रकाशित मिति:

सबलपोस्ट / बुटवल – नेपाल तरुण दल जिल्ला कार्यसमिति रुपन्देहीले सामान्य ज्वरो आई लुम्बिनी प्रादेशिक अस्पतामा उपचार गराएका सैनामैना वडा नम्बर ४ निवासी बाबुराम थापालाई उपचार नगरी बुटवल धागो कारखानामा रहेको क्वारेन्टाइनमा पठाई मृत्यु भएको र मृत्यु पश्च्यात मृतकको स्वाब रिपोर्टमा कोरोना नेगेटिभ देखिएकोले उपचारमा चरम लापरबाही रहेको प्रती गम्भीर ध्यानाकर्षण भएको छ । तरुण दल रुपन्देही सचीव रमेश शाहीद्वारा हस्ताक्षरित बिज्ञप्तीमा बाबुरामको परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्न स्थानिय एबम प्रदेश सरकार संग माग गरिएको छ । साथै उपचारको क्रममा लापरबाही गर्ने जो कोहिलाई कानुनी कठघरामा उभ्याउन ध्यानाकर्षण गरिएको छ भने भारत बाट नेपाल आउने क्रममा अलपत्र अर्थात नेपाल आउन नपाएका नेपालीहरुलाई उचित ब्यबस्थापन गर्न समेत अनुरोध गरिएको छ ।

प्रेश बिज्ञप्ती
सामान्य ज्वरो आई लुम्बिनी प्रादेशिक अस्पताआ उपचार गराउनुभएका सैनामैना वडा नम्बर ४ निवासी बाबुराम थापालाई उपचार नगरी बुटवल धागो कारखानामा रहेको क्वारेन्टाइनमा पठाई निजको मृत्यु भएको र मृत्यु पश्च्यात मृतकको स्वाब रिपोर्टमा कोरोना नेगेटिभ देखिएकोले उपचारमा चरम लापरबाहीका कारणले मृत्यु भएको प्रती हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

रोगप्रती ध्यान नदिई बिरामी पञ्छाउने उदेश्यले क्वारेन्टाइनमा पठाउने उपर छानबिनको माग गर्दछौ । यसरी नगरिकको स्वास्थ माथी खेलवाड गर्ने दोषी माथी कार्बाहीको माग गर्दै मृतकको परिवारलाई उचित क्षतिपूर्तिको ब्यबस्था गर्न प्रदेश सरकार तथा स्थानिय सरकार संग जोडदार माग गर्दछौ ।

साथै भारतका विभिन्न स्थानबाट आई सिमामा अलपत्र परेका नेपालीलाई स्वदेश प्रबेश गराई उचित ब्यबस्थापन गर्न जोडदार माग गर्दछौ ।

बिस्वभर कोरोना भाइरसका कारन हजारौं मानिसहरुले ज्यान गुमाउनु परेको यो अवस्थामा सम्पुर्ण नागरिकलाई लकडाउनको अवधी भर घरभित्रै सुरक्षित रहन हार्दिक अपिल गर्दछौ ।

 रमेश शाही
सचिब , नेपाल तरुण दल
जिल्ला कार्यसमिति रुपन्देही