मजदुरहरुलाई राहात दिन उवासंघले सञ्चालन गरयो राहात कोष

प्रकाशित मिति:

प्रकाश न्यौपाने ।
चैत्र, २०
नवलपरासी । उधोग वाणिज्य संघ नवलपरासीले संञ्चालन गरेको राहत कोषमा आज सम्म करीव रु २ लाख रुपैया सहीत खाद्यान्न तथा अन्य जिन्सी सामाग्री संकलन भएको अध्यक्ष केशव भण्डारीले बताउनु भयो । चैत्र १८ गते बुधबारदेखी राहातकोष सुरु भरिएको संघले बताएको छ ।

राहात कोषमा अरुणा डिष्टिलरी प्रा लि का संचालक द्वय माननीय वैजनाथ जैसवाल तथा सुवासचन्द्र अग्रवाल वाट रु ५१ हजार, ओम नेचर फुड्स प्रा।लि। का संचालक तथा उधोग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ओमप्रकास अग्रहरी ज्यु बाट रु ५१ हजार, आरती एग्रो लि। का अध्यक्ष एवं नवलपरासी उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष नगेन्द्र अग्रहरी वाट रु।५१ हजार, एस। के। खाध्य उधोगका संचालक सुरज अग्रवाल बाट रु।२५ हजार, नवलपरासी उधोग वाणिज्य संघका अध्यक्ष केशव भण्डारीबाट रु।२५ हजार, नाग नागिन खाध्य उधोग बाट रु । २१ हजार, संकलन भएको महासचिव गिरीराज पान्डेयले जानकारी दिनु भयो ।
उद्योग बाणिज्य संघले राहात कोषमा संकलन भएको नगद, खाद्यान्न तथा अन्य जिन्सी सामाग्रीहरु स्थानिय सरकारसंग समन्वय गरेर दैनिकी जिवनयापनमा कठिन रहेका मजदुरहरुलाई राहात प्रदान गरीने अध्यक्ष भण्डारीले बताउनु भयो । भण्डारी भन्नुहुन्छ –“अहीले कोरोनाको जोखिम नियन्त्रण तथा रोकथामका लागि नेपाल सरकारले लगाएको लकडाउनमा अति विपन्न, दैनिक ज्याला मजदुरी गर्ने श्रमिकलाई भोकै हुने अवस्था नआओस् भनेर हामीले राहात कोषको माध्यमबाट मजदुरहरुलाई सहयोग गर्न लागेका छौं । ”