मौरी किसानलाई सवारी पास उपलब्ध गराउन सर्लाहीकामौरी किसानले माग

प्रकाशित मिति:

सोम दियाली/लक डाउनका समयमाअत्यावश्यकखाद्यन्नबोक्ने सवारीलाई झै मौरी किसानलाई सवारी पास उपलब्ध गराउन सर्लाहीकामौरी किसानले माग गरेका छन् । कोरोनाभाईरस(कोभिड–१९) काकारण देशमाजारी लक डाउनले मह उत्पादनमा ठुलो झड्कालागेको भन्दै उनीहरुले मौरी किसानलाई समेत पास उपलब्ध गराउनमाग गरेकाहुन् । मह उत्पादनको दृष्टिकोणले यो समय सवैभन्दा(बर्षभरिको कुलउत्पादनको झण्डै (५०%हुने) उर्वर समयमा लक डाउन हुँदा मह बेचेर परिवार धान्ने किसानहरु मर्कामा परेका छन्, अहिले रुदिलो,सिसौ,लिच्ची,असारे,दत्रिङ्गा,मसलालगायतकावनस्पतिमाफुलफुल्ने बेला छ, लक डाउनले आवतजावत सँगै घर वाहिरै निस्कननपाए पछि मौरी चरण र रेखदेखकालागि समस्याभएको मौरी किसानएवं नेपालमौरी पालकमहासंघका पूर्व केन्द्रीयमहासचिव हेमराज देवकोटाले बताउनु भयो ।

“मौरीमाहामी देशलाई नै आत्मनिर्भर बनाउने प्रयत्नमा छौं, तर हामीलाई प्रशासनले पास समेत दिएन । मह मानव स्वास्थ्यकालागिअत्यावश्यकतत्वहो, प्रशासनले त बुझेन अरु कस्ले बुझ्छ र,”पूर्व महासचिव देवकोटाले गुनासो गर्नु भयो । घर बाहिर निस्कनहामीलाई पनि मन छैन, तर अहिले मौरीको स्याहार नगरे मौरीमै आश्रित किसानको अहिले सम्मको मेहनत र पसिना खेर जाने देखिन्छ । मौरी किसानलाईमात्रै हैन यसले सरकारको समृद्धियात्रामा समेत ठेस पु¥याउने कुरा प्रशासनले बुझ्नु जरुरी छ, देवकोटाले भन्नु भयो–“हामीलाई सवारी पास नै चाहिन्छ भन्ने छैन, तर मौरी चरण, ओसार पसारमा रोकतोक नभएहुने थियो”। उहाँकाअनुसार सर्लाहीमौरी पालनकालागिउर्वर भूमिहो, यहाँ ३५० भन्दा बढी व्यवसायिकमौरी पालककिसान रहेका छन् । यहाँकाकिसानले मौरी चरणका लागि सर्लाहीभन्दाबाहिर चितवन, प्यूठान, दाङ,सल्यान,सुनसरी लगायतकाजिल्लामा घार राखेका छन्, तर लक डाउनले घर वाहिर निस्कननपाउँदामौरी के भयो भन्ने सम्मथाहापाउन सकिएको छैन ।

अहिले झण्डै ४० हजार गोलामौरी घार जंगलमा छन्, यो चैत्र वैशाखको समयमापन्ध्र पन्ध्र दिनको अन्तरमा मह काढ्न पाईन्छ, एक पटकमा एउटा गोलाबाट कम्तीमा १० केजी मह निस्कन्छ । लक डाउनका कारण एक पटक पनि मह काढ्न पाइएको छैन, केहीकिसानले लुकीछिपी मह काढ्ने गरेकाभएपनिप्रशासनले मह किसानलाई सवारी पास नदिँदा सवै मह त्यतिकै खेर गएको नेपालमौरी पालकमहासंघका पूर्व सर्लाहीअध्यक्ष डम्वरदेव पाण्डेले बताउनु भयो । सरकारले अत्यावश्यकखाद्यवस्तु, ग्याँस, पेट्रोल,औषधीबोकेका गाडीलाई निर्वाध चल्नदिएजस्तै मौरी किसानलाई समेत आवतजावतमा सहजवातावरण बनाई दिनपूर्व अध्यक्ष पाण्डेले आग्रहगर्नु भयो ।