मेयरले नै राहात कोषमा तवल जम्मा गरेपछि…….

२० चैत्र २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
606 Shares


प्रकाश न्यौपाने ।

चैत्र २०

नवलपरासी । भनिन्छ नी हरेक राम्रो काम अरुलाई गर मात्र भन्ने होइन आफुले गर्दै अरुलाई सिकाउदै गर्नु पर्छ । हो यही भनाइ अनुसरण गर्नुभएको छ भीम बहादुर थापा क्षेत्री ९भरत०ले । यति बेला देश लकडाउनमा रहेको छ । जताततै कोरोना कोरोनाकै नै चर्चा छ र अधिकाशं स्थानिय सरकारहरुले आफ्नो पालिकाको बैठक नै बसेर राहात कोष बनाएका छन् र भन्छन् सहयोग गर्नुहोस् । अझै भन्छन सहयोग गर्नु राम्रो काम हो, भन्दै विभिन्न संघ सस्थाहरुमा समेत सहयोगको लागी अपिल समेत गरेका छन् । तर आफैले सहयोग गर्ने राम्रो काम हो भन्ने पालिका प्रमुखहरुले राम्रो कामको सुरुवाद आफैले गरेका छैन । धेरैको मनमा उठेको सवाल हो यो । जसमध्ये नवलपरासीको सुनवल नगरपालिकाका मेयर एवं नगर प्रमुख भिम बहादुर थापा ९भरत०ले यो संकटको परीस्थितिमा सबैलाई सहयोग गर्न अपिल मात्रै गर्नु भएन उहा आफैले नै राहात कोषमा रकम जम्मा गर्नु भयो । मेयर थापाले नगर प्रमुख भएर प्राप्त गर्ने तिन महीनाको सेवा सुविधा बराबरको रकम १ लाख ३ हजार ९ सय पचास रुपैया सुनवल नगरपालिकाको राहात कोषमा जम्मा गर्नु भएको छ । नगर प्रमुख थापा भन्नुहुन्छ–“हरेक राम्रो कामको लागी अरुको मुख ताक्ने भन्दा पनि आफुले जे जति सकिन्छ तेती सहयोग गर्नुपर्छ । त्यसैले मैले नगर प्रमुख भएर प्राप्त गर्ने तिन महीनाको रकम कोषमा जम्मा गर्ने निर्णय गरेको हु ।”

नवलपरासीमा रहेका सात वटा स्थानिय तहहरु मध्ये सुनवल नगरपालिकाका प्रमुखले मात्र अहीले सम्म राहात कोषमा रमक जम्मा गर्नुभएको छ । हालसम्म सुनवल नगरपालिकामा करीव १५ लाख रुपैया संकलन भएको मेयर थापाले जानकारी दिनु भयो ।

सुनवल नगरपालिकाको दैवी प्रकोप उद्दार विशेषकोषमा जन कल्याण प्रगतिशील महिला समुह सुनवलबाट रु ११ हजार १ सय ५० र नेपाल उत्पिडित उत्थान संस्था सुनवल बाट रु १५ हजार  सहयोग प्राप्त भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया