छिमेकीले बाढें छिमेकीलाई राहत

प्रकाशित मिति:

अनिल पहाडी /रुपन्देही-रुपन्देहीको सैनामैना नगरपालिका वडा न।१, बुद्ध टोलमा बिहीबार २४ घर छिमेकीलाई राहत वितरण गरिएको छ।छिमेकीहरु तुल तरामु, दिपक केसी, गोपाल केसीको पहलमा अति विपन्न परिवारलाई राहत वितरण गरेको हो।अत्यावश्यक पर्ने दैनिक उपभोग्य वस्तु प्रति परिवार १० केजी चामल, १र२ केजी दाल १ केजि आलु,१ पोका तेल, १ केजी नुन लगायतका खाद्यान्न वितरण गरिएको होकोरोना भाइरसको प्रभावले आफ्नो दैनिकी चलाउन मुस्किल परेका अपाङ्ग, एकल महिला तथा आयस्रोत केही नभएका अति विपन्न परिवारलाई राहत वितरण गरिएको स्थानिय समाजसेवि अर्जुन क्षेत्री ले बताउनु भयो ।

राहत पाएपछी दैनिकी चलाउन अफ्ठ्यारो परेका अति विपन्न परिवारहरु खुसी भएका छन । राहत वितरणमा स्थानिय भिमा तरामु ,पदम सुवेदी ,कल्पना थापा ,दयाराम उपाध्याय ,दल बहादुर राना ,पदम राना ,राम बहादुर बोहोरा लगायत को पनि सहयोग रहेको थियो ।