बर्दघाट नगरपालिकाद्वारा वडा न १४ मा १ सय ४ घरपरिवारलाई राहात बितरण

प्रकाशित मिति:
२०७६ चैत २०
मुक्ती तिवारी
बर्दघाट । बर्दघाट नगरपालिकाले वडाहरुमा राहत बितरण कार्यक्रम सुरु गरेको छ । नगरपालिकाले अति बिपन्न तथा दैनिक ज्यालामजदुरी बाट बन्चित भएकालाई खाधान्न बितरण गरेको हो। बर्दघाट १४ मा पनि बिहिबार नगरप्रमुख धिरज शर्मा बस्याल,वडाध्यक्ष केशब बहादुर खत्री टोल बिकास समिती र खाध आपूर्ति बितरण तथा ब्यवस्थापन समितिको उपस्थितिमा १०४ घरधुरिमा राहत बितरण गरिएको छ।
वडाका ५ वटै टोलहरुमा अति बिपन्नहरुलाई १० केजि चामल,दाल,तेल,नुन लगायतका खाध सामाग्री बितरण गरिएको थियो। बिपदको समयमा नगरभित्र रहेका बिपन्न तथा दैनिक मजदुरहरु गरिखानेहरुका लागि स्वास्थ्य तथा खाध संकट नपरोस भन्ने कुरामा आफू गम्भीर भएर अघि बढेको बताउदै नगरप्रमुख शर्माले विभिन्न ब्यक्ती संघसस्थाका सहयोगी मनहरुबाट एकद्वार प्रणाली अन्तर्गत नगर प्रकोप उद्दार कोषमा रकम जम्मा भैरहेको समेत जानकारी दिनु भयो।आफ्ना लागि मात्र नभएर अरुका लागि पनि बाच्न सक्नु पर्छ भन्ने अभिप्रायले दुखद घडिमा सबैले सबैलाई सहयोग गर्न समेत उहाले आग्रह गर्नु भयो। छरछिमेक बाट मागेर जेनतेन जोहो गरेका बिपन्नहरुले नगरबाट प्राप्त भएको राहतले केही दिनका लागि भएपनी गुजरा चल्ने भन्दै खुसी ब्यक्त गरे। बर्दघाट -१४ का अध्यक्ष केशव खत्रीले एकद्वार प्रणालि मार्फत वडा भित्र रहेका विभिन्न सहकारी संघ सस्था लागयत अन्य ईच्छुक सहयोगी दाताहरुलाई सहयोगका लागि अपिल गर्नु भएको छ। यसै गरि बर्दघाट १४ बाट गङ्गा माबी,सरस्वती माबिले २५÷२५ हजार र चेतना महिला सहकारी सस्थाले प्रकोप उद्दार कोषमा रु १६ हजार रकम सहयोग गरेका छन।