रुपन्देहीका कांग्रेस सांसदले मुख्यमन्त्रीलाई भने —‘बाबुरामको शव उठाउने वातावरण मिलाउनूस्’

प्रकाशित मिति:

२० चैत, बुटवल ।प्रदेश  को प्रदेशसभामा प्रतिनिधित्व गर्ने कांग्रेस रुपन्देहीका सांसदहरुले केहिदिन अघिको घटनामा आफुहरुको गम्भिर ध्यानाकर्षण भएको भन्दै छानवीनको माग गरेका छन् ।

बुटवल कोरोना अस्पतालमा चैत्र १६ गते भएको बाबुराम थापा क्षेत्रीको मृत्यु प्रकरणमा निश्पक्ष छानबिन र पिडित परिवारमा उचित राहत क्षतिपूर्तिको ब्यबस्था गर्न प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल समक्ष माग गरेका हुन् ।

प्रदेशसांसद रमा अर्याल र फखरुद्दीन खानद्वारा हस्ताक्षरित पत्र मुख्यमन्त्री पोखरेललाइ इमेलमार्फत पठाउदै तत्काल यो समस्यालाइ समाधान गर्ने वातावरण मिलाउन आग्रह गरेका छन् ।
ध्यानाकर्षण पत्रमा भनिएको छ—‘ ज्वरो आएर भर्ना भएका बिरामी थापाको सही तरिकाले उपचार नपाएर अकालमै ज्यान गुमाउनु परेको मृतककी पत्नी रीता थापा र स्वास्थ्य क्षेत्रका जानकारहरु स्वयमले बताइरहेको तथ्य कसै सामु छिपेको छैन ।’
अस्पतालको आइसोलेसन वार्डमा चैत्र १३ गते भर्ना भएका ३४ वर्षीय बाबुराम थापाको १६ गते भएको मृत्युको भएको थियो ।उनको कोरोना रिर्पाेट भने नेगेटिभ आएको थियो ।
फकरुद्धिन खांनले अनलाइनखबरसंगभने—‘ पीडित परिवारलाई उचित राहत प्याकेज र दुई नाबालक छोराको शिक्षा दीक्षा एवं पालन पोषणको व्यवस्था गरी मृतकको शव उठ्ने वातावरण अविलम्ब बनाउन प्रदेश सरकारसंग माग गरेका छौैं ।’
बुटवल उपमहानगरपालिका र प्रदेश सरकार मातहतको लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा सञ्चालित उक्त अस्पतालमा अस्पतालमा हुनुपर्ने आधारभूत सुविधाहरु जस्तै भेनटीलेटर, आइ.सी.यु. जस्ता उपकरणहरु जडान नै नगरी आइसोलेसन वार्ड सञ्चालन गर्नु, विरामी भर्ना लिनु गलत भएको ठहर गरिएको छ ।
पत्रमा लेखिएको छ —‘कोरोना भाइरस संक्रमणको जोखिमका कारण देश लक डाउनमा रहेका बेला हामी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सोका सांसदहरु सरकारसंग समन्वय र सहकार्य गर्न तयार रहेका छौं ।’
अस्पतालमा भर्ना भएका विरामीलाई चिकित्सक र स्वास्थ्यकर्मीले मानवीय व्यवहार समेत नगरेको, ज्वरो समेत विरामी आफैले नाप्नु परेको मृतककी श्रीमती रिताले बताउदै आएकी छन् ।उनले सहित निस्पक्ष छानवीन, दोषीलाई कारवाही र राहतको ग्यारेन्टी नभएसम्म शव नउठाउने अडान लिएकी छिन् ।
प्रदेश सरकारले पनि प्रमुख प्रतिपक्षी दल लगायत प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दल संग हातेमालो गरेर अघि बढ्नुपर्ने उनीहरुको भनाइ छ ।