गायक कैलाश खेरले पनि यौन शोषण गरेको सार्वजनिक

प्रकाशित मिति:

अभिनेत्री तनुश्री दत्ताले नाना पाटेकरलाई यौन शोषणको आरोप लगाए पश्चात बलिउडमा मी टू क्याम्पेन सुरु भएको छ । एक पछि अर्को गर्दै अहिले कयौं व्यक्तिहरुको नाम सार्वजनिक भइरहेको छ । अहिले गायक कैलाश खेरमाथि पनि यौन शोषण गरेको आरोप लागेको छ ।

फोटो पत्रकार नताशा हेमरजानीले ट्वीटर मार्फत गायक कैलाशले आफूमाथि यौन शोषण गरेको कुरा सार्वजनिक गरेकी छिन् । नताशाले लेखेकी छिन ‘मेरो मी टू क्याम्पेन गायक कैलाश खेर र मोडल जुल्फी सैयदका विरुद्ध छ । यो सन् २००६ को कुरा हो जब म मुम्बईको हिन्दुस्तान टाइम्समा फोटो पत्रकारका रुपमा काम गरिरहेकी थिएँ ।’