अति गरिव विपन्न राहत बाट नछुट्न आग्रह

प्रकाशित मिति:

तिर्थराज ज्ञवाली/दाङको राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले कोरना भाईरसको जोखीम बाट बच्न र बचाउन लकडाउनको अवस्थामा गरिव विपन्न परिवारलाई सरकारको राहतबाट छुटाउन नहुने भन्दै वडा अध्यक्षहरुलाई निर्देशन दिनुभएको छ ।कोरना संक्रमण रोकथामका लागि लगडाउनको पालना गर्ने विपन्न घरधुरीलाई परिवारको संख्याको आधारमा खाद्य सामाग्री उपलब्ध गराउने कार्यक्रम अनुसार टोल, बस्ती, गाँउमा स्यं उपस्थीत भई गरिव विपन्नको खाजी गरि राहत प्रदान गर्न गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले निर्देशन दिनुभएको हो ।

गाउँमा टोलमा खोजेर सहयोग गर्न र गरिव विपन्न परिवार जनप्रतिनिधिको सम्पर्कमा आउन समेत अनुरोध गर्नुभएको छ ।अध्यक्ष सुवेदिले हालको अवस्थाको उच्च मुल्याङन गर्दै स्थानिय सरकार गाँउपालिकाले विभिन्न खालको उपचार, क्वारेन्टाईन, आईसुलेसन, तथ्याङ लिने राहत, तथा सहयोगको कार्यक्रम सञ्चालन गर्दै आएको हुदा केन्द्र सरकार, प्रदेश सरकार र स्थानिय सरकारको निति नियम अनुसार र आर्थिक बजेट का आधारमा क्रियाकलाप सञ्चालन गरेको बताउनु भएको छ । हामीले अफवाह र हल्लामा नलागी नागरिकको सुरक्षाका लागि सबैखाले संयन्त्र सञ्चालनमा ल्याएकोले लकडाउनको पुर्ण पालना गर्न सबैमा अनुरोध गर्नुभएको छ ।अध्यक्ष सुवेदीले हिन्दुहरुको महानपर्व रामनवमी भगवान रामको जन्मदिनको अवसरमा सम्पुर्ण नागरिकमा कोरना भाईसरको जोखीमबाट बच्न सक्ने क्षमताको अभिबृद्धि होस भनि शुभकामना समेत ब्यक्त गनुभएको छ ।